२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

दाङमा तस्करको फन्दामा जनप्रतिनिधिः खोलामा दोहन सुरक्षा निकाय मौन,नदीको जीवन मास्दै,

Logo
चुमा आचार्य प्रकाशित बिहिबार, पुष ०४, २०८१

 

दाङ । कुनै समय राप्ती नदीमा कलकल पानी बग्थ्यो । भालुबाङको पूल र लमही कोइलाबास अन्तर्गत पर्ने राप्ती नदीको बीचमा बग्ने प्राकृतिक पानीको बहाब पूलको छेउसम्मै आउँथ्यो । परैसम्म नदी बगेको आवाज सुनिन्थ्यिो । माछा र जलचर जीवको बासस्थान राम्रो थियो । नदी तटीय क्षेत्रमा बसोवास गर्ने स्थानीयले माछा मारेरै जीविका चलाउँथे । तर अहिले यो अवस्था छैन् । वर्षायाम बाहेकका दिनमा राप्तीमा पानी बगेको नभई डोजर, टिप्पर चलेको आवाज मात्रै सुनिन्छ ।

देउखुरीका चारवटा स्थानीय तहसँगै छिमेकी जिल्ला अर्घाखाँचीको शीतगंगा नगरपालिकाले राप्ती नदीकै ढुंगागिट्टीमा आँखा गाडेको देखिन्छ । फलस्वरूप नदि बहाब क्षेत्रमा जथाभावी उत्खनन् बढेको छ । दैनिक दर्जन स्क्याभेटरले उत्खनन् गर्ने र दर्जनौं ट्याक्टर, टिप्परले नदीजन्य पदार्थ ओसारपसार गर्छन् । शीतगंगा नगरपालिका अर्घाखाँचीका प्रमुख छविलाल पौडेलले सिंचाई संरचनामा असर नपर्ने गरी नदीजन्य पदार्थको व्यवस्थापन गर्नुपर्ने बताए । ‘नदीमा जोडिएका तीनवटा पालिकाले संयुक्तरूपमा अध्ययन गर्ने, सिंचाई कुलो, बाँधमा कुनै पनि असर नपर्ने गरी नदीजन्य पदार्थको व्यवस्थापनको योजना बनाउनुपर्छ’– उनले भने– ‘नदीले एक छेउमा गिट्टी, बालुवा थुपार्ने भएकाले त्यसको व्यवस्थापन गर्नुपर्छ भन्ने मान्यता हाम्रो हो ।’

अप्राकृतिकरूपमा भइरहेको उत्खननले जस्तोसुकै जोखिमसमेत नित्याउन सक्ने विज्ञहरूको भनाइ छ । नदीलाई प्राकृतिकरूपमै बग्न दिनुपर्ने सुझाव संरक्षणकर्मीहरूको छ । पानीविज्ञ भास्कर चौधरीले नदीलाई प्राकृतिक वहावमै बग्न दिनुपर्ने, यसो नगर्दा विपत निम्तन सक्ने बताउछन । ‘नदीसँग अप्राकृतिक व्यवहार ग¥यौं भने त्यसले पनि आफ्नो अप्राकृतिक रूप देखाउँछ’, उनले भने–‘जथाभावी उत्खनन्ले नदीको प्राकृतिक पनमा ह्रास ल्याउँछ । नदीले धार परिवर्तन ग¥यो भने विपतलाई निम्तो दिएको मानिन्छ ।’ जथाभावी उत्खननका कारण नदीक्षेत्रमा बनेका संरचना झोलुगेंपुल, पक्की पुल, तटबन्ध, सिंचाई आयोजनालाई प्रत्यक्ष असर पार्ने देखिएको छ ।

राप्ती नदीको पानीलाई आधार बनाएर प्रगन्ना कुलो सिंचाई आयोजना सञ्चालनमा छ । नयाँ आयोजनाको रूपमा बड्कापथ सिंचाई आयोजना राप्ती नदीको बायाँ किनारमा निर्माणाधीन छ । बड्कापथले गढवा गाउँपालिकाभित्र पर्ने साविकका तीनवटा गाविसमा पर्ने चार हजार हेक्टर जमिन सिंचाई गर्ने लक्ष्य छ । वर्षेनि राप्ती नदीमा दोहन भइरहने हो भने यी आयोजनालाई पानी अपुग हुने जोखिम देखिन्छ । वर्षामा सिंचाई गर्न स्थानीय खोलाको पानी प्रयोग गर्नुपर्ने बाध्यता छ । हिउँदमा खोलाको पानी नपुग्दा किसानले आफ्नो जमिनमा सिंचाई गर्न वर्षाको पानीमा भर पर्नुपर्ने बाध्यता छ । बाढीको समयमा नहरहरूमा पानी जम्मा गर्ने उपाय छैन ।

यस्तै राप्तीको पानीमा आश्रित छ प्रगन्ना कुलो सिंचाई आयोजना । पाँच हजार आठ सय हेक्टर जमिनमा सिंचाई पु¥याउँदै आएको छ भने बडकापथ कुलो सिचाइ आयोजनाले त्यतिकै हाराहारी सिचाइ गर्न्र लक्ष्य राखेको आयोजनाका फोल्ड इन्जिनियर रामपुकार साहले बताए । नदीको सतह गरिदै जाँदा पानी अपुग हुने समस्या बढ्न थालेको छ । ‘पानीकै दुःख हो । नदीमा पानी राम्रोसँग बग्ने भएको भए कुनै दुःख हुने थिएन’– प्रगन्ना जलउपभोक्ता मूल समन्वय समितिका अध्यक्ष टंकनाथ चौधरीले भने– ‘नदीबाट कुलो खनेर पानी डो¥याउनुपर्ने बाध्यता छ । किसानको दुःख कसैले देख्दैनन् । राप्तीमा उत्खनन् गर्नुहँुदैन भनेर हामी बोलिरहेका छौं ।’

एउटै पालिकामा १८ क्रसर उद्योग
गढवा गाउँपालिकाभित्र मात्रै १८ वटा क्रसर उद्योग छन् । यी क्रसर उद्योग राप्ती नदीको बालुवा र गिट्टीमा आश्रित छन् । जब क्रसर उद्योग स्थापना हुने लहड चल्यो, त्यसैगरी नदीमाथिको दोहन पनि बढ्दै गयो । बेलाबखत हुने अनुगमनमा क्रसर उद्योग निगरानी गर्ने गरिए पनि प्रभावकारी रूपमा नियमन गर्न सकिएको देखिदैन । २०७७ सालमा मापदण्ड विपरीत सञ्चालनमा रहेका दाङका दशवटा क्रसर उद्योग बन्द गरिएको थियो । बालुवा वासिङको अनुमति लिएर क्रसिङको काम गर्दै आएको फेला परेपछि केही कडाइ गरिएको थियो । ‘क्रसर उद्योगलाई नियमन गर्न सक्ने कुनै निकाय भएन ।

प्रहरी प्रशासनको यसमा मिलोमतो नै हुन्छ’– स्थानीय तथा पत्रकार महेश रिजालले बताए ।– ‘नियमनभन्दा पनि प्रोत्साहन गर्ने गरिन्छ ।’ क्रसर उद्योग खुलेपछि नदीमाथिको परनिर्भरता बढ्दै गएको छ । उत्खननले पानीको सतहलाईसमेत गहिराइदिने भएकाले यसमा गम्भीर भएर सोच्न जरुरी रहेको उहनको भनाइ छ । गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोख्रेलले राप्ती नदीमा बढिरहने उत्खननले भविष्यमा पानीको संकट ल्याउने हो कि भन्ने बारेमा आफुहरू चिन्तित भएको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]