१३ आश्विन २०८३, मंगलबार
29-09-2026 , Tue
×

बाँके सिडियोको आशिर्वादमा सरकारको लक्ष्य विरुद्ध एम्बुलेन्सको दुरुपयोग कार्वाही खोइ ?

Logo
Abc Sanchar प्रकाशित शनिबार, पुष ०६, २०८१

 

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालको ठाडो आदेशमा नेपालगन्ज र कोहलपुरमा विभिन्न जिल्लाबाट संचालनमा रहेको एम्बुलेन्सको दुरुपयोग भएको जानकारीमा आएको छ ।
नेपाल सरकारले भन्सार छुट सुविधा र भारतीय सरकारले विभिन्न क्षेत्रका जनतालाई एम्बुलेन्सको सेवा दिन दिइएको सुविधाको दुरुपयोग गरी नेपालगन्ज नर्सिंग होम, कोहलपुर मेडिकल कलेज र भेरी अस्पतालमा घुइचो लगाउने गरेको देखिएको छ ।
यस विषयमा ध्वनिखबर मिडिया लगायत विभिन्न मिडियाले समाचार सार्वजनिक गर्दा बाँके सिडियोले एम्बुलेन्स चालक र संचालक एवम् एम्बुलेन्स भाडामा लिई संचालनमा ल्याएका केही फार्मेसीलाई ‘मिडियाले समाचार छाप्दै गर्छन्, तपाईहरु आफ्नो काम गर्नोस, कही कतैबाट रुकावट हुँदैन’ भन्ने गरेको अहिले फार्मेसी र एम्बुलेन्स चालकहरुले भन्दै निर्वाध रुपमा एम्बुलेन्सको दुरुपयोग गरेको पाइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जहाँको लागि एम्बुलेन्स सुविधा दिइएका होे त्यहीको जनतालाई पहिलो प्राथमिकता दिनु पर्ने तथा कुनै पनि संस्था, पोलिक्लिनिक तथा अस्पताललाई एम्बुलेन्स दिइएको हो, उसैले संचालन गर्नु पर्छ तथा कोही कसैलाई व्यक्तिगत रुपमा वा फार्मेसीको नाममा भाडा वा ठेक्कामा दिनु नहुने बताएपनि नेपालगन्जमा दांग, सुर्खेत, बर्दिया, खजुरा बाँके, राप्ती सोनारी बाँके, नरैनापुर बाँके लगायतको एम्बुलेन्स भाडा संचालन भएको जानकारीमा आएको छ ।
यसैगरी दांग तुलसीपुरस्थित राप्ती लाइभ केयर, संजिवनी विकास केन्द्र नेपाल र आरजिएम इन्भेस्टमेन्ट कम्पनी प्रालि को नाममा सुविधा दिइएको एम्बुलेन्स पनि भाडामा संचालनमा आएको स्रोतले बतायो । आईफोन जस्तो महंगो मोवाइल मध्यम वर्गका व्यक्तिले खरिद गर्दा सयौं पटक सोच्नु पर्छ भने दांगको एम्बुलेन्स भाडामा लिई संचालनमा ल्याएका महतरा (स्वयम् चालक) थर भएका व्यक्तिले नेपालगन्जका एक फार्मेसीसंग सेटिंग गरी सहमतीमा आईफोन उपहारमा पाएका छन् ।
यसैगरी दैलेख जिल्लामा जनताको सेवा गर्ने भनी सुविधा लिएको भेन्टिलेटर एम्बुलेन्सलाई दैलेखको जनतालाई सेवा नदिई नेपालगन्ज नसिंग होम अगाडी र लुकाई विभिन्न गल्लीमा राखी लखनउको क्रिसेन अस्पतालसँग सेटिंग मिलाई नेपालगन्ज–लखनउ संचालनमा रहेको जानकारीमा आएको छ ।
यसैगरी बाँकेको खजुरा, राप्ती सोनारी, नरैनापुर, जयसपुर लगायतको एम्बुलेन्स पनि सम्बन्धित जनतालाई सेवा नदिई नेपालगन्ज नर्सिंग होम अगाडी घुइचो लगाई वरपरका फार्मेसीसंगको सेटिंगमा लखनउ पु¥याई नेपाली विरामीलाई लुट्ने कार्य गरीरहँदा पनि बाँके प्रशासनले एक्सन लिनु सट्टा एम्बुलेन्स दुरुपयोग गर्ने समूहको साथ दिएको बुझिएको छ ।
नेपालगन्जमा विभिन्न जिल्ला तथा गाउँपालिकाको नाममा सुविधा दिएको एम्बुलेन्स दुरुपयोग भएको विषयमा प्रधानमन्त्री कार्यालय अन्तरगतको हेलो सरकार र गृह मन्त्रालयले बाँके प्रशासनलाई पत्राचार गरीसकेको तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ती जारी गरी एम्बुलेन्स दुरुपयोगको जानकारी दिन अपिल समेत गरेको छ । यसका साथै हेलो सरकारको एक टिम नेपालगन्ज पुगी स्थलगत अनुसन्धान समेत गरेको छ ।
जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको संयोजक सिडियो र ट्राफिक कार्यालय सदस्य तथा स्वास्थ्य कार्यालयको प्रमुख जिम्मेवारी भएपनि अहिलेसम्म ए्रम्बुलेन्स दुरुपयोग रोक्न कोही पनि अगाडि नसरेको नेपालगन्जका जनता बताउँछन् । ध्वनि खबरबाट सभार

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । आफ्नो जन्मदिनको अवसर पारेर दाङ घोराही निबासी राष्ट्रिय अनलाईन पत्रकार संघका कार्यबाहक अध्यक्ष एवं एबिसी संचारका प्रधान सम्पादक इशाई अवाजका कार्यकारी सम्पादक एवं सिधा पत्रका क्राइमबिट ब्युरो प्रमुख पत्रकार सागर थापाले रक्तदान गर्नु भएको छ । उहाँले रक्तदान नै जिबन दान हो भन्ने मान्यताका साथ आफ्नो रगतले अरुको जिविन बचोस भन्दै आफुले आफ्नो […]

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले स्वीप अपरेशन चलाएर २४ घण्टाको अवधिमा काठमाडौंबाट १५१ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा १४१ पुरुष र १० जना महिला छन् । सुरक्षित काठमाडौंकोको अवधारण अनुसार स्वीप अपरेशन चलाएर प्रहरीले उनीहरुलाई पक्राउ गरेको बताएको छ । पक्राउ परेकाहरु सार्वजनिक सेवा प्रवाहमा अवरोध गर्ने, सर्वसाधारणमाथि हातपात, हुलहुज्जत गर्ने, चोरी, […]

बाग्लुङ । पछिल्लो तीन दिनयता बागलुङको विभिन्न स्थानमा गएको पहिरोले घर पुरिँदा १२ जनाको मृत्यु भएको छ भने एकजना अझै बेपत्ता छन् । ताराखोला गाउँपालिका–५ सिपमा पहिरोले घर पुरिँदा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घर पुरिँदा ५५ वर्षीय दिलबहादुर पुन र उनकी सासु म्याग्दीको मालिका गाउँपालिका–२ की ७९ वर्षीय नरमाया रोकाको […]