१३ आश्विन २०८३, मंगलबार
29-09-2026 , Tue
×

राष्ट्रिय दलित पत्रकार संघ नेपाल कपिलवस्तु लुम्बिनी प्रदेशकाे उत्कृष्ट शाखाकाे रुपमा सम्मानित,

Logo
ABC-Sanchar प्रकाशित शनिबार, पुष ०६, २०८१

 

बाँके । नेपालगन्जमा अायाेजित राष्ट्रिय दलित पत्रकार संघ,नेपाल लुम्बिनी प्रदेशकाे दाेस्राे अधिवेशनबाट कपिलवस्तु सहित प्युठान र रुपन्देही शाखालाई प्रदेश उत्कृष्ट शाखाकाे रुपमा सम्मानित गरिएको हाे । प्रमुख अतिथि तथा लुम्बिनी प्रदेशकाआन्तरिक मामिला तथा कानूनमन्त्री अदेश कुमार अग्रवाल, राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष विनाेद पहाडी, लुम्बिनी प्रदेश सभा सदस्य सुशीला नेपालीले उत्कृष्ट छनाैट भएका शाखाका अध्यक्षहरुलाई सम्मान पत्र प्रदान गर्नुभएको हाे ।कानूनमन्त्री अादेश अग्रवालले सम्मान पत्र प्रदान गर्दै पत्रकारिता मार्फत उत्पिडित नागरिकका अावाज उठाउन अाग्रह गर्नुभयाे । सुशासन कायम राख्न पत्रकारिता महत्त्वपूर्ण हुने बताउदै विभिन्न विकृति विसंगतिका बिरुद्ध निरन्तर खबरदारी गर्नुपर्ने बताउनुभयो ।

अग्रवालले नेपालकाे संविधानले जातिय भेदभाव तथा छुवाछूत गर्न नहुने ब्यवस्था गरे पनि दलित समुदायले विभिन्न खालका विभेदहरु भाेग्दै अाएकाे बताउनुभयो ।दलितका मुद्दा तथा बिषयहरुलाई दलित तथा गैर दलित पत्रकारहरुले कलमकाे माध्यमबाट सशक्त रुपमा उठान गरि जिम्मेवार निकायलाई झकझक्याउनुपर्ने अावश्यकता अाैंल्याउनुभयाे ।

शाखा स्थापनापछि नियमित बैठक, निर्णय कार्यन्वयन, क्षमता विकास र सामाजिक कार्य निरन्तर रुपमा गर्दै अाएकाे र पत्रकारिता मार्फत समाज रुपान्तरणमा खेलकाे भुमिकाे उच्च मुल्यांकन गर्दै सम्मानित गरिएको राष्ट्रिय दलित पत्रकार संघ,नेपा लुम्बिनी प्रदेशका कार्यवाहक अध्यक्ष टेकेन्द्र बस्यालले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । आफ्नो जन्मदिनको अवसर पारेर दाङ घोराही निबासी राष्ट्रिय अनलाईन पत्रकार संघका कार्यबाहक अध्यक्ष एवं एबिसी संचारका प्रधान सम्पादक इशाई अवाजका कार्यकारी सम्पादक एवं सिधा पत्रका क्राइमबिट ब्युरो प्रमुख पत्रकार सागर थापाले रक्तदान गर्नु भएको छ । उहाँले रक्तदान नै जिबन दान हो भन्ने मान्यताका साथ आफ्नो रगतले अरुको जिविन बचोस भन्दै आफुले आफ्नो […]

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले स्वीप अपरेशन चलाएर २४ घण्टाको अवधिमा काठमाडौंबाट १५१ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा १४१ पुरुष र १० जना महिला छन् । सुरक्षित काठमाडौंकोको अवधारण अनुसार स्वीप अपरेशन चलाएर प्रहरीले उनीहरुलाई पक्राउ गरेको बताएको छ । पक्राउ परेकाहरु सार्वजनिक सेवा प्रवाहमा अवरोध गर्ने, सर्वसाधारणमाथि हातपात, हुलहुज्जत गर्ने, चोरी, […]

बाग्लुङ । पछिल्लो तीन दिनयता बागलुङको विभिन्न स्थानमा गएको पहिरोले घर पुरिँदा १२ जनाको मृत्यु भएको छ भने एकजना अझै बेपत्ता छन् । ताराखोला गाउँपालिका–५ सिपमा पहिरोले घर पुरिँदा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घर पुरिँदा ५५ वर्षीय दिलबहादुर पुन र उनकी सासु म्याग्दीको मालिका गाउँपालिका–२ की ७९ वर्षीय नरमाया रोकाको […]