१३ आश्विन २०८३, मंगलबार
29-09-2026 , Tue
×

रवि लामिछाने विरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता हुने,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, पुष ०७, २०८१

 

कास्की । सहकारी ठगी अपचलन प्रकरणमा कास्की जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार जिल्ला अदालतमा रवि लामिछानेविरुद्ध मुद्दा दर्ता गर्न लागेको हो।

यस अघि शुक्रबार पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएका १९ जनाविरुद्ध मुद्दा दायर भएको थियो । जिल्ला सरकारी वकिलको कार्यालयले शुक्रबार पूर्वउपप्रधान एवं गृहमन्त्री लामिछाने र नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीबाहेक १९ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

बाँकी प्रतिवादी विरुद्ध आज मुद्दा गराउने तयारी गरिएको हो । कात्तिक २ गते पक्राउ परेका रास्वपा सभापति लामिछाने प्रहरी हिरासतमै छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । आफ्नो जन्मदिनको अवसर पारेर दाङ घोराही निबासी राष्ट्रिय अनलाईन पत्रकार संघका कार्यबाहक अध्यक्ष एवं एबिसी संचारका प्रधान सम्पादक इशाई अवाजका कार्यकारी सम्पादक एवं सिधा पत्रका क्राइमबिट ब्युरो प्रमुख पत्रकार सागर थापाले रक्तदान गर्नु भएको छ । उहाँले रक्तदान नै जिबन दान हो भन्ने मान्यताका साथ आफ्नो रगतले अरुको जिविन बचोस भन्दै आफुले आफ्नो […]

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले स्वीप अपरेशन चलाएर २४ घण्टाको अवधिमा काठमाडौंबाट १५१ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा १४१ पुरुष र १० जना महिला छन् । सुरक्षित काठमाडौंकोको अवधारण अनुसार स्वीप अपरेशन चलाएर प्रहरीले उनीहरुलाई पक्राउ गरेको बताएको छ । पक्राउ परेकाहरु सार्वजनिक सेवा प्रवाहमा अवरोध गर्ने, सर्वसाधारणमाथि हातपात, हुलहुज्जत गर्ने, चोरी, […]

बाग्लुङ । पछिल्लो तीन दिनयता बागलुङको विभिन्न स्थानमा गएको पहिरोले घर पुरिँदा १२ जनाको मृत्यु भएको छ भने एकजना अझै बेपत्ता छन् । ताराखोला गाउँपालिका–५ सिपमा पहिरोले घर पुरिँदा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घर पुरिँदा ५५ वर्षीय दिलबहादुर पुन र उनकी सासु म्याग्दीको मालिका गाउँपालिका–२ की ७९ वर्षीय नरमाया रोकाको […]