१३ आश्विन २०८३, मंगलबार
29-09-2026 , Tue
×

कपिलवस्तुको बनकसबासामा पिउने पानीको समस्या रिक्सामा बोक्न बाध्य घर घरमा कहिले आउँछ पानी ?

Logo
बिदुर एमसी प्रकाशित आइतबार, पुष ०७, २०८१

कपिलवस्तु । रिक्सामा ढुवानी गरेको पानीबाट गुजारा चलाउँदै आएका बनकसबासा स्थानीय गाउँलेहरु । पूर्वपश्चिम राजमार्ग छेउमा रहेको बनकसबासामा अहिले पनि पिउने पानीको अभाव नै देखिन्छ । घरमा भएभरका भाँडाकुँडा लिएर गाउँलेहरु सडक छेउमा रहेकोे पानीको धारामा पालो कुरेर पिउने पानी भर्छन् । अनि जसको रिक्सा छ, उसले रिक्सामा पानीले भरिएका भाँडाहरु हालेर घरमा ल्याउँछन् । रिक्सा नहुनेले पिठ्युँमा बोकेरै पिउने पानीको जोहो गरेको उनीहरू बताउँछन् ।

बुद्धभूमि जिल्लाको रूपमा चिनिने कपिलवस्तुको शिवराज नगरपालिका — १, बनकसबासा अहिलेसम्म पनि पिउने पानीको आपूर्तिमा सहज देखिंदैन । जब कि देशमा अधिकांश स्थानमा घर घरमा पानीको व्यवस्था भएको पाइन्छ । सडक छेउमा रहेको यही यही पानीको ढुवानीका कारण कुनै दिन यहाँ सडक दुर्घटना हुने त्रासले स्थानीयहरु चिन्तित छन् ।

एबिसी सञ्चार, भण्डाफाेर टिमका बिदुर एम सीले स्थानीयशीत गरेको स्थलगत रिपोर्टिङको यो भिडियो ।

पानीको सहज आपूर्तिका लागि उनीहरूले स्थानीय शिवराज नगरपालिकाका मेयर र वडाध्यक्षसँग हारगुहार गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । आफ्नो जन्मदिनको अवसर पारेर दाङ घोराही निबासी राष्ट्रिय अनलाईन पत्रकार संघका कार्यबाहक अध्यक्ष एवं एबिसी संचारका प्रधान सम्पादक इशाई अवाजका कार्यकारी सम्पादक एवं सिधा पत्रका क्राइमबिट ब्युरो प्रमुख पत्रकार सागर थापाले रक्तदान गर्नु भएको छ । उहाँले रक्तदान नै जिबन दान हो भन्ने मान्यताका साथ आफ्नो रगतले अरुको जिविन बचोस भन्दै आफुले आफ्नो […]

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले स्वीप अपरेशन चलाएर २४ घण्टाको अवधिमा काठमाडौंबाट १५१ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा १४१ पुरुष र १० जना महिला छन् । सुरक्षित काठमाडौंकोको अवधारण अनुसार स्वीप अपरेशन चलाएर प्रहरीले उनीहरुलाई पक्राउ गरेको बताएको छ । पक्राउ परेकाहरु सार्वजनिक सेवा प्रवाहमा अवरोध गर्ने, सर्वसाधारणमाथि हातपात, हुलहुज्जत गर्ने, चोरी, […]

बाग्लुङ । पछिल्लो तीन दिनयता बागलुङको विभिन्न स्थानमा गएको पहिरोले घर पुरिँदा १२ जनाको मृत्यु भएको छ भने एकजना अझै बेपत्ता छन् । ताराखोला गाउँपालिका–५ सिपमा पहिरोले घर पुरिँदा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घर पुरिँदा ५५ वर्षीय दिलबहादुर पुन र उनकी सासु म्याग्दीको मालिका गाउँपालिका–२ की ७९ वर्षीय नरमाया रोकाको […]