२४ बैशाख २०८३, बिहिबार
07-05-2026 , Thu
×

दरबारमार्गमा युवकमाथि निर्घात कुटपिट, गर्ने काभ्रेली समूहका ८ जना पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, पुष ०७, २०८१

दरबारमार्गमा युवकमाथि निर्घात कुटपिट,
गर्ने काभ्रेली समूहका ८ जना पक्राउ

 

काठमाडौं । दरबारमार्गमा रहेको लिक्विड लाउन्जमा एकजना युवक निर्घात कुटपिट भएको छ । शनिवार बिहान ३ बजेर ४५ मिनेटमा बैतडी घर भएका रमेश भट्ट कुटपिट भएको हो । भट्ट गृहमन्त्री रमेश लेखकको नाता पर्ने मान्छे हुन ।

कुटपिटमा संलग्न ‘काभ्रेली समूहका’८ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको रोशी गाउँपालिका–४ घर भएका कुलध्वज लामा, भुम्लु गाउँपालिका घर भएका सुजन लामा र सुलभ पहारी सहित ८ जना रहेको प्रहरीले जानकारी दिएको छ । गुण्डा नाइके दावा लामा समूहमा आबद्ध कुलध्व कांग्रेसको भातृ सङ्गठन तरुण दलका केन्द्रीय सदस्य हुन् ।

उनी यसअघि पनि प्लाटिनम क्लवमा झगडा गरेर ५ लाख धरौटीमा छुटेका थिए । सुजन लामा तरुण दल काभ्रेका अध्यक्ष र सुलभ तरुण दलको भुम्लु इकाई समितिको अध्यक्ष हुन् ।

पक्राउ पर्नेमा काभ्रेली समूहकै मिलन लामा, युवराल लामा, सिन्धुपाल्चोक घर भएका दावा लामा, मोरङ घर भएका डम्बर कार्मी र काभ्रेका शक्ति लामा छन् । आरोपीहरूले झगडा गरेको रेस्टुरेन्ट सञ्जीव लामा ‘स्याल’ले सञ्चालन गरेका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बुटवल । *कार्यक्रम विवरण:* *मिति*: २०८३ साल वैशाख २३ गते – *स्थान*: नेपाल प्रहरी विशेष सुरक्षा गण, सुनवल, नवलपरासी पश्चिम – *भ्रमण गर्ने*: प्रहरी अतिरिक्त महानिरीक्षक डम्बर बहादुर वि.क., प्रमुख प्रदेश समन्वय विभाग, नेपाल प्रहरी प्रधान कार्यालय – *स्वागत गर्ने*: लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भुपेन्द्र बहादुर खत्री *मुख्य गतिविधि:* 1. *नमुना अभ्यास […]

बागलुङ । नगरपालिका–१३ नयाँपुलका लीलाधर जैसीको केरा बारीमा हिजोआज दिनकै बजारका व्यापारीको बास हुन्छ। स्थानीय जातका केराको खोजीमा बागलुङ र कुश्मा बजारका व्यापारी दिनदिनै उहाँको बारी धाउँछन्। पछिल्लो छ महिनायता लीलाधर र उहाँको गाउँका किसानले केरा बेच्नका लागि बजार जानु परेको छैन। घरघरमै दिनदिनै आउने व्यापारीले केरा आफैँ खोज्छन्, आफैँले काट्छन् र गन्ती गरेपछि केराकै […]

काठमाडौं । सशस्त्र प्रहरी बल, प्रधान कार्यालयले आज सूचना जारी गर्दै उनीहरुलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन आग्रह गरेको छ। उनीहरु नेपालका विभिन्न इकाइबाट बिदा तथा आफूखुसी लाइन ब्यारेक छाडी भागि गैर हाजिर रहेको सूचनामा उल्लेख छ। ‘गैर हाजिर रहेकाहरू कुनै पनि किसिमको सम्पर्कमासमेत नरहेकाले यो सूचना प्रकाशित भएको मितिले बाटोको म्यादबाहेक सात दिनभित्र गैर हाजिर […]

error: Content is protected !!