२४ बैशाख २०८३, बिहिबार
07-05-2026 , Thu
×

निलम्बित इन्सपेक्टर बिनुकुमारी शाही जिल्ला अदालत ललितपुरमा उपस्थित भैइन थुनछेक बहस जारी,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, पुष ०७, २०८१

 

काठमाडौं । युवती प्रयोग गरेर बलात्कार मुद्दामा फसाउने भन्दै रकम असुलेको आरोपमा फरार मुद्दा दायर भएपछि फरार रहेकी प्रहरी निरीक्षक (इन्सपेक्टर) बिनुकुमारी शाही जिल्ला अदालत ललितपुरमा उपस्थित भएकी छिन् ।

आइतबार उनी जिल्ला अदालत ललितपुरमा उपस्थित भएको र अहिले बयान भइरहेको जिल्ला अदालत ललितपुरका प्रवक्ता रामसजिवन यादवले बताए ।  न्यायाधीश रिताकुमारी बख्रेलको इजलासमा उनको  बयान भइरहेको छ । अदालत उपस्थित भएकी शाहीको बयान सकिएपछि थुनछेक बहस हुने उनले बताए । बहसपछि पुर्पक्षका लागि थुनामा पठाउने वा साधारण तारेख तथा धरौटीमा रिहा गर्नेबारे निर्णय सुनाउने छ । अदालतले थुनामा पठाएमा उनी थुनामै रहने छिन् ।

इन्सपेक्टर शाहीसहित ६ जनालाई प्रतिवादी बनाउँदै आपराधिक लाभ र संगठित अपराधको कसुरमा ललितपुर जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।  मंसिर १३ गते  न्यायाधीश टेकराज जोशीको इजलासले घटनाको मुख्य योजनाकार ताज इस्लामलाई थुनामा पठाउने आदेश गरेको थियो । उनीपनि मुख्य प्रतिवादीको दाबी अभियोगपत्रमा गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बुटवल । *कार्यक्रम विवरण:* *मिति*: २०८३ साल वैशाख २३ गते – *स्थान*: नेपाल प्रहरी विशेष सुरक्षा गण, सुनवल, नवलपरासी पश्चिम – *भ्रमण गर्ने*: प्रहरी अतिरिक्त महानिरीक्षक डम्बर बहादुर वि.क., प्रमुख प्रदेश समन्वय विभाग, नेपाल प्रहरी प्रधान कार्यालय – *स्वागत गर्ने*: लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भुपेन्द्र बहादुर खत्री *मुख्य गतिविधि:* 1. *नमुना अभ्यास […]

बागलुङ । नगरपालिका–१३ नयाँपुलका लीलाधर जैसीको केरा बारीमा हिजोआज दिनकै बजारका व्यापारीको बास हुन्छ। स्थानीय जातका केराको खोजीमा बागलुङ र कुश्मा बजारका व्यापारी दिनदिनै उहाँको बारी धाउँछन्। पछिल्लो छ महिनायता लीलाधर र उहाँको गाउँका किसानले केरा बेच्नका लागि बजार जानु परेको छैन। घरघरमै दिनदिनै आउने व्यापारीले केरा आफैँ खोज्छन्, आफैँले काट्छन् र गन्ती गरेपछि केराकै […]

काठमाडौं । सशस्त्र प्रहरी बल, प्रधान कार्यालयले आज सूचना जारी गर्दै उनीहरुलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन आग्रह गरेको छ। उनीहरु नेपालका विभिन्न इकाइबाट बिदा तथा आफूखुसी लाइन ब्यारेक छाडी भागि गैर हाजिर रहेको सूचनामा उल्लेख छ। ‘गैर हाजिर रहेकाहरू कुनै पनि किसिमको सम्पर्कमासमेत नरहेकाले यो सूचना प्रकाशित भएको मितिले बाटोको म्यादबाहेक सात दिनभित्र गैर हाजिर […]

error: Content is protected !!