२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

सुदूरपश्चिम प्रदेश डीआईजी गणेश चन्दले ट्राफिक प्रहरीलाई राति १० बजेसम्म सडकमै बस्न निर्देशन,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, पुष ०८, २०८१

 

धनगढी । हालैमात्र सरुवा भई आएका डीआईजी चन्दले राति मदिरा सेवनले अत्यधिक सवारी दुर्घटना हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै यस्तो निर्देशन दिएका हुन्।

डीआईजी चन्दले राति १० बजेसम्म सडकमै रहेर ड्युटी गर्न निर्देशन दिएपछि सोही बमोजिम कार्यान्वयन गर्न भनिएको छ। डीआईजी चन्दको निर्देशनअनुसार अब ट्राफिक प्रहरीले राति १० बजेसम्म सडकमै रहेर निगरानी गर्नेछ।

पछिल्लो समय ट्राफिकले राति ड्युटी गर्न छोडेको थियो भने जनपद भने ड्युटीमै रहन्थ्यो। डीआईजीको निर्देशनले राति हुने सवारी दुर्घटना भने न्यूनीकरण हुने विश्वास लिइएको छ।

डीआईजी चन्दको यो पहलले ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने र सडक सुरक्षामा सुधार ल्याउने अपेक्षा गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । चन्द्रौटा स्थित बैंकमा रकम जम्मा गर्न आएका एक व्यक्तिबाट नक्कली नोट फेला परेको छ। जाँचका क्रममा फेला*: बैंकले रकम गन्दा वा मेसिनमा जाँच्दा नक्कली नोट पत्ता लागेको कारबाही प्रक्रिया*: यस्तो अवस्थामा बैंकले तुरुन्त प्रहरीलाई खबर गरेर नोट र सम्बन्धित व्यक्तिलाई नियन्त्रणमा लिने प्रचलन छ । अनुसन्धान नोट कहाँबाट आयो, कसले दिएको हो भन्ने […]

काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट एकल बहुमत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता वालेन्द्र शाह प्रधानमन्त्री भएपछि एकपछि अर्को गरी कर्मचारीहरूको मान मर्दन गर्ने काम भइरहेको छ । मुख्यगरी सरकारका मन्त्री, प्रधानमन्त्री शाहको सचिवालय र सत्तारुढ दल रास्वपाका सांसदहरूबाट स्थायी सरकार (निजामती कर्मचारी)को मानमर्दन गर्ने काम भइरहेको छ । […]

काठमाडौं । पहिले सूचना विभागले जारी गरेको पत्रकार परिचय पत्रका आधारमा सिंहदबार प्रवेश दिइने गरिएको थियो। तर बिहीबार परिचय पत्र देखाएरसमेत सिंहदबार प्रवेश दिइएको छैन। सिंहदबार छिर्नका लागि के काम जाने लागेको? कसलाई भेट्ने?लगायत विवरणहरू गेटमा लेखेपछि मात्र प्रवेश दिइएको छ। यसअघिका दिनहरूमा यस्तो हुने गरेको थिएन। परिचय पत्र देखाएमा कहाँ जाने भन्ने सोध्ने गरिएको […]