१३ आश्विन २०८३, मंगलबार
29-09-2026 , Tue
×

ललितपुर अदालतले निलम्बित इन्स्पेक्टर बिनुकुमारी शाहीसंग ५ लाख धरौटी माग ,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, पुष ०८, २०८१

 

काठमाडौं । निलम्बित इन्स्पेक्टर बिनुकुमारी शाहीविरुद्धको मुद्दामा ५ लाख धरौटी मागिएको छ। हिजो आइतबार फरार रहेकी उनी अदालतमा उपस्थित भएकोमा आज थुनछेक बहसपछि धरौटी माग गरिएको हो।

हनी ट्रयापिङ गिरोहसँग मिलेर लाभ लिएको अभियोग लागेकी शाहीसँग अदालतले धरौटी माग गर्दै तारेखमा राखेको ललितपुर अदालतका प्रवक्ता रामसजिवन महतोले बताए।

न्यायाधीश रिताकुमारी बख्रेलको इजलासले शाहीलाई ५ लाख रुपैयाँ धरौटी लिएर तारेखमा राख्ने आदेश दिएको हो।

शाही आइतबार अदालतमा उपस्थित भएकी थिइन्। आइतबार बहस नसकिएपछि थुनामा राखेर सोमबार अदालतमा पेश गरिएको थियो।

भैंसेपाटी प्रभागकी तत्कालिन प्रमुख शाहीमाथि प्रहरी हिरासतमा रहेका आरोपितलाई बलात्कार मुद्दामा फसाइदिने धम्की दिएर ३० लाख रुपैयाँ असुलेको आरोप छ। उक्त आरोपमा उनीसहित ६ जनाविरुद्ध गत मंसिर ९ गते जिल्ला अदालत ललितपुरमा संगठित अपराध सम्बन्धी कसुरमा मुद्दा दायर भएको थियो।

यस अगाडि शाहीले पक्राउ पूर्जी जारी भैसकेको अवस्थामा सारा शक्ति लगाएर पक्राउ रोकाएकी थिइन्। उनलाई गृहमन्त्रीले नै संरक्षण दिएकोमा अहिले फेरि अदालतमा सेटिङ गरेको आरोप लागेको छ।

गत ७ असोजमा उनले एक व्यापारीलाई पक्राउ गरी बलात्कार मुद्दामा फसाइदिने भन्दै ३० लाख रुपैयाँ असुलेकी थिइन्।

घटना बाहिरिएपछि निलम्बनमा परेकी उनलाई प्रहरीले फरार प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो। छानविन समितिमा समेत बयान दिन नगएकी उनी अन्ततः प्रहरी हिरासत पुगेकी थिइन्।

यसअघि इन्सपेक्टर शाहीसहित ६ जनालाई प्रतिवादी बनाउँदै आपरापधिक लाभ र संगठित अपराधको कसुरमा ललितपुर जिल्ला अदालतमा मुद्दा दायर भएको थियो। १३ मंसिरमा न्यायाधीश टेकराज जोशीको इजलासले घटनाको मुख्य योजनाकार ताज इस्लामलाई थुनामा पठाउने आदेश गरेको थियो।

त्यसैगरी अर्का प्रतिवादी भीमादेवीलाई २ लाख र सुस्मा विकलाई जनही क्रमशः २ लाख र १ लाख धरौटीमा छाड्न आदेश दिएको थियो। अर्का प्रतिवादी प्रहरी सहायक हवल्दार महेन्द्र हमालले भने साधारण तारेखमा छाड्ने आदेश भएको थियो।

घटनामा प्रतिवादी बनाइएका प्रहरी प्रभाग भैंसेपाटीका तत्कालीन इन्सपेक्टर शाही र सुनसरीका दर्शन पोखरेल भने फरार थिए। करिब एक महिनापछि शाही भने अदालतमा आफैं उपस्थित भएकी हुन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । आफ्नो जन्मदिनको अवसर पारेर दाङ घोराही निबासी राष्ट्रिय अनलाईन पत्रकार संघका कार्यबाहक अध्यक्ष एवं एबिसी संचारका प्रधान सम्पादक इशाई अवाजका कार्यकारी सम्पादक एवं सिधा पत्रका क्राइमबिट ब्युरो प्रमुख पत्रकार सागर थापाले रक्तदान गर्नु भएको छ । उहाँले रक्तदान नै जिबन दान हो भन्ने मान्यताका साथ आफ्नो रगतले अरुको जिविन बचोस भन्दै आफुले आफ्नो […]

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले स्वीप अपरेशन चलाएर २४ घण्टाको अवधिमा काठमाडौंबाट १५१ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा १४१ पुरुष र १० जना महिला छन् । सुरक्षित काठमाडौंकोको अवधारण अनुसार स्वीप अपरेशन चलाएर प्रहरीले उनीहरुलाई पक्राउ गरेको बताएको छ । पक्राउ परेकाहरु सार्वजनिक सेवा प्रवाहमा अवरोध गर्ने, सर्वसाधारणमाथि हातपात, हुलहुज्जत गर्ने, चोरी, […]

बाग्लुङ । पछिल्लो तीन दिनयता बागलुङको विभिन्न स्थानमा गएको पहिरोले घर पुरिँदा १२ जनाको मृत्यु भएको छ भने एकजना अझै बेपत्ता छन् । ताराखोला गाउँपालिका–५ सिपमा पहिरोले घर पुरिँदा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घर पुरिँदा ५५ वर्षीय दिलबहादुर पुन र उनकी सासु म्याग्दीको मालिका गाउँपालिका–२ की ७९ वर्षीय नरमाया रोकाको […]