२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

गण्डकी प्रदेश प्रहरी प्रमुख डिआईजी भोला बहादुर रावलद्वारा निरीक्षण अनुगमन,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, पुष ०९, २०८१

 

स्याङ्जा । गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भोला बहादुर रावलज्यू आज मिति २०८१।०९।०९ गते निरीक्षण भ्रमणको शिलसिलामा जिल्ला प्रहरी कार्यालय स्याङ्जामा पाल्नुभई यस कार्यालय तथा मातहत समेतमा कार्यरत प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधन गर्नुका साथै विभिन्न शाखाहरु, कोतगारत, चमेना गृह, कार्यालय परिसर लगायतको निरीक्षण अनुगमन सम्पन्न गर्नुभएको छ ।

प्रहरी नायव महानिरीक्षक रावलज्यूले स्याङ्जा जिल्लाको शान्ति सुरक्षा लगायतको बिषयमा प्रस्तुतिकरण मार्फत जानकारी समेत लिनुभएको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय स्याङ्जाका कार्यालय प्रमुख प्रहरी उपरीक्षक शालिग्राम शर्माज्यूले जिल्लाको शान्ति सुरक्षाको अवस्था, प्रहरी परिचालन र कार्य सम्पादनको बिषयमा जानकारी गराउनुभएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]