१३ आश्विन २०८३, मंगलबार
29-09-2026 , Tue
×

आइजी कुँवरले चैतमा घर जाने बेला अर्घाखाँचीमा आधुनिक घर बनाउँदै,

Logo
Abc Sanchar प्रकाशित बुधबार, पुष १०, २०८१

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवर आफ्नो अवकाशअघि जन्मथलो अर्घाखाँचीमा आधुनिक र सुविधा सम्पन्न आवासीय भवन निर्माणमा व्यस्त छन्। आगामी चैतमा अवकाश हुने तयारीमा रहेका कुँवरले उपलब्ध स्रोत र साधनको सदुपयोग गर्दै गाउँमा आकर्षक घर निर्माण गरिरहेका हुन्।

गाउँका परम्परागत ढुंगा-माटोका घरहरूको बिचमा कुँवरको नयाँ घर निकै फरक देखिन्छ। घरको बाहिरी संरचना लगभग पूरा भए पनि आन्तरिक सजावट र रंगरोगनका काम भने बाँकी रहेको छ। गाउँको ठूलो बारीको पाटोमा ठड्याइएको यो घरले वरपरका पुराना घरहरूलाई छायामा पारेको छ।

महानिरीक्षक कुँवरको यो कदमले नेपालका उच्च पदस्थ अधिकारीहरूबीच अवकाशअघि घर निर्माणको चलनलाई पुष्टि गरेको छ। यसअघि प्रधानसेनापति प्रभुराम शर्माले पनि काठमाडौंको स्युचाटारमा आफ्नो निवास निर्माण गरेर सकेका थिए। कुँवरले शर्माको घर निर्माणको ‘फर्मुला’ अनुसरण गरेको अनुमान गरिएको छ।

स्थानीयहरूले कुँवरको घरलाई गाउँको आकर्षणका रूपमा हेर्न थालेका छन्। कुँवरको यो पहलले ग्रामीण क्षेत्रमा आधुनिक घरको प्रवृत्तिलाई पनि प्रोत्साहन दिने विश्वास गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । आफ्नो जन्मदिनको अवसर पारेर दाङ घोराही निबासी राष्ट्रिय अनलाईन पत्रकार संघका कार्यबाहक अध्यक्ष एवं एबिसी संचारका प्रधान सम्पादक इशाई अवाजका कार्यकारी सम्पादक एवं सिधा पत्रका क्राइमबिट ब्युरो प्रमुख पत्रकार सागर थापाले रक्तदान गर्नु भएको छ । उहाँले रक्तदान नै जिबन दान हो भन्ने मान्यताका साथ आफ्नो रगतले अरुको जिविन बचोस भन्दै आफुले आफ्नो […]

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले स्वीप अपरेशन चलाएर २४ घण्टाको अवधिमा काठमाडौंबाट १५१ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा १४१ पुरुष र १० जना महिला छन् । सुरक्षित काठमाडौंकोको अवधारण अनुसार स्वीप अपरेशन चलाएर प्रहरीले उनीहरुलाई पक्राउ गरेको बताएको छ । पक्राउ परेकाहरु सार्वजनिक सेवा प्रवाहमा अवरोध गर्ने, सर्वसाधारणमाथि हातपात, हुलहुज्जत गर्ने, चोरी, […]

बाग्लुङ । पछिल्लो तीन दिनयता बागलुङको विभिन्न स्थानमा गएको पहिरोले घर पुरिँदा १२ जनाको मृत्यु भएको छ भने एकजना अझै बेपत्ता छन् । ताराखोला गाउँपालिका–५ सिपमा पहिरोले घर पुरिँदा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घर पुरिँदा ५५ वर्षीय दिलबहादुर पुन र उनकी सासु म्याग्दीको मालिका गाउँपालिका–२ की ७९ वर्षीय नरमाया रोकाको […]