१३ आश्विन २०८३, मंगलबार
29-09-2026 , Tue
×

दैनिक तातो पानी पिउनुका अनेक फाइदाहरु,

Logo
ABC-Sanchar प्रकाशित शुक्रबार, पुष १२, २०८१

 

तातो होस् वा चिसो जुन तापक्रमको  पानी खाँदा पनि स्वास्थ्यलाई फाइदा नै हुन्छ। तर तातो पानीका अतिरिक्त फाइदा छन्। मानिसले सदियौँदेखि तातो पानी पिउँदै आइरहेका छन्। यस्तै विभिन्न अनुसन्धानले तातो पानी खाँदा शरीरमा कस्ता खालका फाइदा हुन्छन् भनेर पनि बताएका छन्। दिनभरी थोरै थोरै गरी तातो पानी खानुका फाइदाबारे यहाँ जानकारी दिइएको छ।
१. स्वस्थ पाचन
कोही मानिसले पर्याप्त मात्रामा पानी नखाँदा सानो आन्द्राले व्यक्तिले खाएको खाना र पेय पदार्थबाट पानी सोस्ने गर्दछ। यसले गर्दा डिहाइड्रेसन हुन्छ आन्द्राबाट दिसा पास हुन बाधा उत्पन्न हुन्छ। यसका साथै, अत्यधिक डिहाइड्रेसन भएको अवस्थामा कब्जियतसमेत हुन्छ।
यस्तै, चिसो पानीको तुलनामा तातो पानीले खानालाई छिट्टै ब्रेक गर्ने काम गर्छ । त्यसैले कब्जियतको जोखिम कम हुन्छ र यसले नियमित र पीडारहित दिसा पास गर्न सहयोग पुर्याउँछ।

२ तौल घट्छ
थुप्रै अनुसन्धानले के देखाउँछ भने धेरै तातोपानी खाँदा तौल घट्ने सम्भावना बढी हुन्छ। तातो पानी खाँदा पेट भरिएको जस्तो महसुस हुने भएर पनि यसले तौल घटाउन सहयोग पुर्याएको हुनसक्छ। पानीले शरीरमा पौष्टिक तत्व सोस्न र टक्सिन र अनावश्यक कुराहरु बाहिर निकाल्न सहयोग गर्छ।

सन् २००३ मा प्रकाशित एक अनुसन्धानका अनुसार चिसो पानी नभई मनतातो पानी खानेहरुको तौल छिटो घट्छ। यसका साथै खाना खानु अघि ५०० मिलिलिटर तातो पानी पिउँदा मेटाबोलिजम ३० प्रतिशत बढ्ने गर्छ

एक कप वा गिलास तातो पानीले मानिसलाई तनाव कम गर्न वा राम्रो तरिकाले व्यवस्थापन गर्न सहयोग गर्छ। केही वर्ष अघि गरिएको एक अनुसन्धानका अनुसार चिया वा कफीजस्ता तातो पेय पदार्थको सेवनले तनावको स्तर कम गर्ने र डिप्रेसनबाट पनि राहत प्रदान गर्न मद्दत गर्दछ।

उक्त अनुसन्धानले केही प्रभाव त क्याफेनका कारण पनि हुने गर्छ तर तातोले पनि व्यक्तिको मुडमा सुधार ल्याउन सहयोग गर्छ।

४ बडी डिटक्सिफिकेसन

तातो पानीले शरीरलाई डिटक्सिफाई गर्छ। पानी तातो हुँदा यसले व्यक्तिको शरीरको तापक्रम बढाउने गर्छ जसका कारण पसिनासमेत आउने गर्छ। पसिनाले टक्सिनलाई बाहिर निकाल्ने काम गर्छ। यसले छाला र शरीरको छिद्रहरु सफा गर्न पनि मद्दत गर्छ।

आर्थराइटिस फाउन्डेशनका अनुसार शरीरका विषाक्त तत्वलाई बाहिर निकाल्नका लागि पनि तातो पानी आवश्यक छ। यसका साथै यसले सुन्निएको शरीरलाई राहत प्रदान गर्छ र जोर्नीलाई लचिलो बनाउन सहयोग गर्छ। एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले स्वीप अपरेशन चलाएर २४ घण्टाको अवधिमा काठमाडौंबाट १५१ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा १४१ पुरुष र १० जना महिला छन् । सुरक्षित काठमाडौंकोको अवधारण अनुसार स्वीप अपरेशन चलाएर प्रहरीले उनीहरुलाई पक्राउ गरेको बताएको छ । पक्राउ परेकाहरु सार्वजनिक सेवा प्रवाहमा अवरोध गर्ने, सर्वसाधारणमाथि हातपात, हुलहुज्जत गर्ने, चोरी, […]

बाग्लुङ । पछिल्लो तीन दिनयता बागलुङको विभिन्न स्थानमा गएको पहिरोले घर पुरिँदा १२ जनाको मृत्यु भएको छ भने एकजना अझै बेपत्ता छन् । ताराखोला गाउँपालिका–५ सिपमा पहिरोले घर पुरिँदा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घर पुरिँदा ५५ वर्षीय दिलबहादुर पुन र उनकी सासु म्याग्दीको मालिका गाउँपालिका–२ की ७९ वर्षीय नरमाया रोकाको […]

दाङ । अर्घाखाँची सितगंगामा आज साँझ करिब ५ बजे अर्घाखाँची जिल्ला सितगंगा नगरपालिका वडा नं. ९ कालधारे निवासी दिलमान रोकाको घरमा आगलागी भएको छ। आगलागीमा मानवीय क्षति नभए पनि खाने अन्नपात र लत्ताकपडा सबै जलेर नष्ट भएको छ। पीडित परिवारलाई छिमेकी टोलबासीले सक्दो सहयोग गरिदिन अनुरोध गरिएको छ।