१३ आश्विन २०८३, मंगलबार
29-09-2026 , Tue
×

बाँके प्रहरीले हनी ट्रयापमा पारेर एक पुरुषबाट नगद तथा जिन्सी सामान असुलेको आरोपमा १ युवती पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, आश्विन १२, २०८३

बाँके । ‘हनी ट्रयाप’ मा पारेर एक पुरुषबाट नगद तथा जिन्सी सामान असुलेको आरोपमा बाँके प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ ।

रामेछापको गोकुलगंगा गाउँपालिका–२ घर भई हाल काठमाडौं बस्दै आएकी युवती समातिएकी हुन् ।

श्रेष्ठ थरकी ३० बर्षिया युवती काठमाडौं–१०, सुकेधारामा कोठा भाडामा लिएर बस्दै आएकी थिइन् । उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाटै खटिएको टोलीले पक्राउ गरेको हो ।

प्रहरी प्रवक्ता प्रतितसिंह राठोरले युवतीले बाँकेको बैजनाथ गाउँपालिका–२ बस्ने ३२ वर्षीय पुरुषलाई पूर्वयोजना बनाई माया–प्रेम तथा शारीरिक सम्बन्धको जालमा पारेको बताए ।

त्यसपछि विभिन्न मुद्दामा फसाइदिने भन्दै डर, त्रास र धाकधम्की दिई पटक–पटक नगद तथा जिन्सी सामान लिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले उक्त घटनालाई ‘हनी ट्रयापु मार्फत आपराधिक लाभ लिने कार्यका रूपमा अनुसन्धान गरिरहेको जनाएको छ ।

केही समयदेखि फरार रहेकी श्रेष्ठलाई गत असोज ५ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले सार्वजनिक गरेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । अर्घाखाँची सितगंगामा आज साँझ करिब ५ बजे अर्घाखाँची जिल्ला सितगंगा नगरपालिका वडा नं. ९ कालधारे निवासी दिलमान रोकाको घरमा आगलागी भएको छ। आगलागीमा मानवीय क्षति नभए पनि खाने अन्नपात र लत्ताकपडा सबै जलेर नष्ट भएको छ। पीडित परिवारलाई छिमेकी टोलबासीले सक्दो सहयोग गरिदिन अनुरोध गरिएको छ।

बाँके । ‘हनी ट्रयाप’ मा पारेर एक पुरुषबाट नगद तथा जिन्सी सामान असुलेको आरोपमा बाँके प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ । रामेछापको गोकुलगंगा गाउँपालिका–२ घर भई हाल काठमाडौं बस्दै आएकी युवती समातिएकी हुन् । श्रेष्ठ थरकी ३० बर्षिया युवती काठमाडौं–१०, सुकेधारामा कोठा भाडामा लिएर बस्दै आएकी थिइन् । उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाटै खटिएको […]

दाङ । असोज । घोराही उपमहानगरपालिकाका वडा नम्बर १ देखि १९ सम्मलाई समेटेर “घोराही बनाऔँ अभियान”ले विशेष अभियान सञ्चालन गर्ने भएको छ। अभियानअन्तर्गत असोजको अन्तिम साताबाट वडा नम्बर १ मा कार्यक्रमको उद्घाटन गरी क्रमशः सबै वडामा पुगेर स्थानीय समस्या, सम्भावना, आवश्यकता र महत्वका विषयमा विशेष छलफल गरिने भएको हो। अभियानले प्रत्येक वडाको वस्तुस्थिति पहिचान गरी […]