१३ आश्विन २०८३, मंगलबार
29-09-2026 , Tue
×

राप्ती सामुदायिक वनका अध्यक्ष केसीले मनोमानी गरेको आरोप पानी डुङ्गा का हरायो ? उपभोक्ताहरु

Logo
बिदुर एमसी प्रकाशित शुक्रबार, पुष १२, २०८१

 

दाङ । भालुवाङ दाङको पूर्वी देउखुरी, राप्ती गाउँपालिका १, मा रहेकोे सो समूहका अध्यक्ष केसीले आफ्ना उपभोक्ता मात्रै होइन स्वयं वन समितिलाई समेत जानकारी नदिएर एकलौटी र मनोमानी रूपमा सामुदायिक वनको कोषबाट ठूलो धनराशि खर्च गरेर नजिकैको राप्ती नदिमा चलाएर राम्रो आम्दानी गर्ने भन्दै डुंगा खरिद गरेर ल्याएको पनि लामो समय बित्यो । तर तर डुंगालाई अहिलेसम्म लुकाएर र ढाकछोप गरेर राखिएकोमा केही दिनअघि भएको साधारणसभामा तीब्र विरोध आएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले स्वीप अपरेशन चलाएर २४ घण्टाको अवधिमा काठमाडौंबाट १५१ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा १४१ पुरुष र १० जना महिला छन् । सुरक्षित काठमाडौंकोको अवधारण अनुसार स्वीप अपरेशन चलाएर प्रहरीले उनीहरुलाई पक्राउ गरेको बताएको छ । पक्राउ परेकाहरु सार्वजनिक सेवा प्रवाहमा अवरोध गर्ने, सर्वसाधारणमाथि हातपात, हुलहुज्जत गर्ने, चोरी, […]

बाग्लुङ । पछिल्लो तीन दिनयता बागलुङको विभिन्न स्थानमा गएको पहिरोले घर पुरिँदा १२ जनाको मृत्यु भएको छ भने एकजना अझै बेपत्ता छन् । ताराखोला गाउँपालिका–५ सिपमा पहिरोले घर पुरिँदा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घर पुरिँदा ५५ वर्षीय दिलबहादुर पुन र उनकी सासु म्याग्दीको मालिका गाउँपालिका–२ की ७९ वर्षीय नरमाया रोकाको […]

दाङ । अर्घाखाँची सितगंगामा आज साँझ करिब ५ बजे अर्घाखाँची जिल्ला सितगंगा नगरपालिका वडा नं. ९ कालधारे निवासी दिलमान रोकाको घरमा आगलागी भएको छ। आगलागीमा मानवीय क्षति नभए पनि खाने अन्नपात र लत्ताकपडा सबै जलेर नष्ट भएको छ। पीडित परिवारलाई छिमेकी टोलबासीले सक्दो सहयोग गरिदिन अनुरोध गरिएको छ।