१३ आश्विन २०८३, मंगलबार
29-09-2026 , Tue
×

सशस्त्र प्रहरी र भारतीय सशस्त्र सीमा सुरक्षा बल बिच सुरक्षा बैठक बर्दिबासमा बस्ने,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, पुष १२, २०८१

 

काठमाडौं । नेपालको सशस्त्र प्रहरी (एपीएफ) र भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) बिच नियमित हुने सीमा सुरक्षा सम्बन्धी बैठक आज बर्दिबासमा बस्ने भएको छ । नियमित सीमा सुरक्षा सम्बन्धी डीआइजी स्तरको बैठक बस्न लागेको हो ।

बैठकमा भारततर्फका डीआईजीहरु राजेश टिकु, सुरेश सुप्रमनियम र दिपक कुमारसहित मधेश प्रदेश प्रहरीसहित जिल्लाका प्रमुखहरूको बैठक हुने डिआइजी कालीदास धौवजीले जानकारी दिनुभयो ।

उहाँले ६र६ महिनामा नियमित काउन्टर पास बैठक बस्न लागेको बताउनु भएको छ । दुवै तिर आलो पालो बस्ने सहमति अनुसार यो पटक बर्दिबासमा बस्न लागेको जानकारी दिनुभयो ।

सीमा आर–पार हुने विभिन्न आपराधिक घटनाहरूमा मिलेर कसरी काम गर्न सकिन्छ भन्ने विषयमा बैठकमा छलफल हुने बताइएको छ ।  खुल्ला सिमानाका कारण अवैध रूपमा हुने तस्करी नियन्त्रणको विषयमा छलफल हुने जनाएको छ ।

पछिल्ला दिनहरूमा तस्करी नियन्त्रणको क्रममा गस्तीमा रहेका नेपाली तथा भारतीय सुरक्षा कर्मीहरूको हत्या गर्ने क्रम बढेको छ । गत मङ्सिर १६ गते सिराहाको बडियारपट्टी गाउँ पालिका १ कचनारी छोट्की टोलमा सशस्त्र प्रहरीका सई लक्ष्मण यादवको हत्या भएको थियो ।

त्यसैगरी, २०७९ भदौ १३ गते राति मदिरा तस्कर समूहले नेपाल बाट भारततर्फ मदिरा तस्करी गरेको अवस्थामा स्कोरपीयो रोक्न खोज्दा भारतको मधिुवनी लदनीया चौकी अन्तर्गत हेड कन्ष्टेवल देवराज शर्माको मृत्यु भएको थियो ।

यस्ता घटनाले सीमा सुरक्षामा चुनौती थपिएकाले मदिरा तस्करीका विषयमा संवेदनशील रूपमा छलफल हुने बताइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले स्वीप अपरेशन चलाएर २४ घण्टाको अवधिमा काठमाडौंबाट १५१ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा १४१ पुरुष र १० जना महिला छन् । सुरक्षित काठमाडौंकोको अवधारण अनुसार स्वीप अपरेशन चलाएर प्रहरीले उनीहरुलाई पक्राउ गरेको बताएको छ । पक्राउ परेकाहरु सार्वजनिक सेवा प्रवाहमा अवरोध गर्ने, सर्वसाधारणमाथि हातपात, हुलहुज्जत गर्ने, चोरी, […]

बाग्लुङ । पछिल्लो तीन दिनयता बागलुङको विभिन्न स्थानमा गएको पहिरोले घर पुरिँदा १२ जनाको मृत्यु भएको छ भने एकजना अझै बेपत्ता छन् । ताराखोला गाउँपालिका–५ सिपमा पहिरोले घर पुरिँदा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घर पुरिँदा ५५ वर्षीय दिलबहादुर पुन र उनकी सासु म्याग्दीको मालिका गाउँपालिका–२ की ७९ वर्षीय नरमाया रोकाको […]

दाङ । अर्घाखाँची सितगंगामा आज साँझ करिब ५ बजे अर्घाखाँची जिल्ला सितगंगा नगरपालिका वडा नं. ९ कालधारे निवासी दिलमान रोकाको घरमा आगलागी भएको छ। आगलागीमा मानवीय क्षति नभए पनि खाने अन्नपात र लत्ताकपडा सबै जलेर नष्ट भएको छ। पीडित परिवारलाई छिमेकी टोलबासीले सक्दो सहयोग गरिदिन अनुरोध गरिएको छ।