२३ बैशाख २०८३, बुधबार
06-05-2026 , Wed
×

आइतबार तपाईंको रशिफल,

Logo
Abc Sanchar प्रकाशित आइतबार, पुष १४, २०८१

 

दाङ । तुल्सीपुर मेष : दिन सामान्य छ। हरेक काममा बाधा र अवरोध हुनेछ। उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। लगानीको क्षेत्रमा हिम्मत गर्नुपर्नेछ। स्वास्थ्यमा भने सुधार हुने योग छ।

वृष : मनमा खुशी मिल्नेछ। थोरै लगानी गरे पनि फाइदा हुनेछ। स्वास्थ्य क्षेत्रमा गरेको प्रयासबाट लाभ हुनेछ। विपक्षी शान्त बन्नेछन्। अनुत्पादक क्षेत्रमा खर्च नगर्नु राम्रो हुनेछ।

मिथुन : अनुत्पादक क्षेत्रमा खर्च हुँदा मन अशान्त बन्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। धार्मिक र बौद्धिक साथीले असहयोग गर्नेछन्। लगानी गर्दा सचेत बन्नुपर्नेछ। एकल भन्दा संयुक्त लगानीबाट फाइदा हुनेछ। कृषि क्षेत्रको काममा सफलता मिल्नेछ।

कर्कट : अढैया शनिका कारण मनमा अशान्ति बढ्नेछ। थालेका काममा बाधा हुनेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। धार्मिक क्षेत्रका अभियन्तासँगको भेटले मन शान्त बन्नेछ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ।

सिंह : लगानीका क्षेत्रमा ठुलो लगानी गर्ने सोच नबनाएकै राम्रो हुनेछ। परिवारको सल्लाह लिएर अगाडि बढेमा दैनिकी सहज बन्नेछ। हरेक काममा स्वास्थ्यले साथ दिँदा मन शान्त बन्नेछ।

कन्या : साथीभाइको लहिलहीमा लागेर खर्च गर्ने बानीको कटौती गर्नुपर्नेछ। बन्धुसँगको सहकार्यले फाइदा हुनेछ। स्वास्थ्यमा गरेको प्रयास सफल बन्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

तुला : चन्द्रमा अनुकुल भएकाले दिन सहज बन्नेछ। तपाईंको गला र कलाको प्रशंसा हुनेछ। आम्दानी बढ्नेछ। विपक्षी साथीले साथ दिनेछन्। राजनीतिक क्षेत्रमा सक्रिय भए समाजसेवाको अवसर मिल्नेछ। परिवारमा भने तपाईंको कुरा नबिक्ने जोखिम छ।

वृश्चिक : समय राम्रो छ। साथीभाइले साथ दिनेछन्। दैनिकी सुचारु गर्न हिम्मत गर्नुपर्नेछ। खानपानमा ख्याल नगर्दा पुरानो रोगले सताउने छ। प्राविधिक शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको सल्लाहमा गरेको काम सफल बन्नेछ।

धनु : कृषि क्षेत्रको कर्ममा सफलता मिल्नेछ। फलफूल र दूधको व्यापार फस्टाउनेछ। नयाँ योजना बनाउने दिन हो। शिक्षाको क्षेत्रमा गरेको लगानीमा भने ढिलासुस्ती हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

मकर : दिन सामान्य छ। अन्त्य साढेसाती दशा भएकाले साना कुराले मनमा चिन्ता बढ्नेछ। ठुला योजनामा हात नलगाउनु राम्रो हुनेछ। स्वास्थ्यले राम्रो साथ दिएकाले मनमा शान्ति मिल्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : सानो कुराले सताउने छ। धार्मिक कार्यमा सहभागी भएमा दिन सहज बन्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ। बिहान उठेर पिपलको दर्शन गरेमा मन शान्त बन्नेछ। प्रेम सम्बन्ध भने सुमधुर बन्ने योग छ।

मीन : दिन सामान्य राम्रो छ। १२ औं स्थानमा शनि भएकाले मनमा खटपटी बढ्नेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। श्रम र मेहनतलाई प्राथमिकतामा राखेर अगाडि बढेमा दिन सहज बन्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

ज्योतिषाचार्य तथा वास्तु विद् – माधवा शर्मा ।
सचिव -नेपाल ज्योतिष परिषद् लुम्विनी प्रदेश ।
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपूर क लाईन जेसिस चोक दाङ ।
फोन नं -9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बुटवल । *कार्यक्रम विवरण:* *मिति*: २०८३ साल वैशाख २३ गते – *स्थान*: नेपाल प्रहरी विशेष सुरक्षा गण, सुनवल, नवलपरासी पश्चिम – *भ्रमण गर्ने*: प्रहरी अतिरिक्त महानिरीक्षक डम्बर बहादुर वि.क., प्रमुख प्रदेश समन्वय विभाग, नेपाल प्रहरी प्रधान कार्यालय – *स्वागत गर्ने*: लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भुपेन्द्र बहादुर खत्री *मुख्य गतिविधि:* 1. *नमुना अभ्यास […]

बागलुङ । नगरपालिका–१३ नयाँपुलका लीलाधर जैसीको केरा बारीमा हिजोआज दिनकै बजारका व्यापारीको बास हुन्छ। स्थानीय जातका केराको खोजीमा बागलुङ र कुश्मा बजारका व्यापारी दिनदिनै उहाँको बारी धाउँछन्। पछिल्लो छ महिनायता लीलाधर र उहाँको गाउँका किसानले केरा बेच्नका लागि बजार जानु परेको छैन। घरघरमै दिनदिनै आउने व्यापारीले केरा आफैँ खोज्छन्, आफैँले काट्छन् र गन्ती गरेपछि केराकै […]

काठमाडौं । सशस्त्र प्रहरी बल, प्रधान कार्यालयले आज सूचना जारी गर्दै उनीहरुलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन आग्रह गरेको छ। उनीहरु नेपालका विभिन्न इकाइबाट बिदा तथा आफूखुसी लाइन ब्यारेक छाडी भागि गैर हाजिर रहेको सूचनामा उल्लेख छ। ‘गैर हाजिर रहेकाहरू कुनै पनि किसिमको सम्पर्कमासमेत नरहेकाले यो सूचना प्रकाशित भएको मितिले बाटोको म्यादबाहेक सात दिनभित्र गैर हाजिर […]

error: Content is protected !!