१३ आश्विन २०८३, मंगलबार
29-09-2026 , Tue
×

विमान दुर्घटनाग्रस्त हुँदा २८ जनाको मृत्यु,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, पुष १४, २०८१

 

काठमाडौं । दक्षिण कोरियाको योनहाप समाचार एजेन्सीका अनुसार, देशको एक विमानस्थलमा १८१ यात्रु बोकेको विमान दुर्घटनाग्रस्त हुँदा कम्तीमा २८ जनाको मृत्यु भएको छ।

विमान धावनमार्गबाट चिप्लिएर पर्खालमा ठोक्किएको भनिएको छ। बीबीसीका अनुसार, दुर्घटना दक्षिण कोरियाको दक्षिण पश्चिममा रहेको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको हो।

समाचार अनुसार, १७५ यात्रु र ६ जना चालक दलका सदस्य सवार जेजु एयरको विमान थाइल्याण्डको बैंककबाट फर्किएको थियो। अवतरण गर्ने क्रममा दुर्घटना भएको बताइएको छ।

रोयटर्सका अनुसार, उद्धारकर्मीहरूले विमानको पछाडिको भागबाट यात्रुहरूलाई बाहिर निकाल्न प्रयास गरिरहेका छन्। दुर्घटनाको कारण स्पष्ट छैन, तर चरासँग ठोक्किएको हुन सक्ने अनुमान गरिएको छ।एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले स्वीप अपरेशन चलाएर २४ घण्टाको अवधिमा काठमाडौंबाट १५१ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा १४१ पुरुष र १० जना महिला छन् । सुरक्षित काठमाडौंकोको अवधारण अनुसार स्वीप अपरेशन चलाएर प्रहरीले उनीहरुलाई पक्राउ गरेको बताएको छ । पक्राउ परेकाहरु सार्वजनिक सेवा प्रवाहमा अवरोध गर्ने, सर्वसाधारणमाथि हातपात, हुलहुज्जत गर्ने, चोरी, […]

बाग्लुङ । पछिल्लो तीन दिनयता बागलुङको विभिन्न स्थानमा गएको पहिरोले घर पुरिँदा १२ जनाको मृत्यु भएको छ भने एकजना अझै बेपत्ता छन् । ताराखोला गाउँपालिका–५ सिपमा पहिरोले घर पुरिँदा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घर पुरिँदा ५५ वर्षीय दिलबहादुर पुन र उनकी सासु म्याग्दीको मालिका गाउँपालिका–२ की ७९ वर्षीय नरमाया रोकाको […]

दाङ । अर्घाखाँची सितगंगामा आज साँझ करिब ५ बजे अर्घाखाँची जिल्ला सितगंगा नगरपालिका वडा नं. ९ कालधारे निवासी दिलमान रोकाको घरमा आगलागी भएको छ। आगलागीमा मानवीय क्षति नभए पनि खाने अन्नपात र लत्ताकपडा सबै जलेर नष्ट भएको छ। पीडित परिवारलाई छिमेकी टोलबासीले सक्दो सहयोग गरिदिन अनुरोध गरिएको छ।