२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

नेपाल प्रहरीका (एआईजी) भरतबहादुर बोहरा आजबाट अनिवार्य अवकाशमा गए,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, पुष १४, २०८१

 

काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक एआईजी भरतबहादुर बोहरा अवकाशमा गएका छन्। प्रदेश समन्वय विभागका प्रमुखसमेत रहेका बोहरा आइतबारदेखि अनिवार्य अवकाशमा गएका हुन्।

नेपाल प्रहरीमा विद्यमान एआईजीको ५६ वर्षे उमेर हदका कारण बोहरा अवकाशप्राप्त भएका हुन्। २०५१ चैत ५ गते प्रहरी निरीक्षकबाट उनी प्रहरी सेवामा प्रवेश गरेका थिए।

उमेर हदका कारण ३० वर्षे सेवा अवधि पनि पूरा नहुँदै अवकाश हुँदा एआईजीका रूपमा उनले २ साता पनि काम गर्न पाएनन्। उनले एकसाता अघि मात्रै दर्ज्यानी चिह्न लगाएका थिए।

अवकाशमा जाने भएकै कारण सरकारले उनलाई छोटो समयका लागि एआईजीमा बढुवा गरेको थियो। बोहरा आईजीपी वसन्तबहादुर कुँवरकै ब्याची हुन्।

यस्तै पर्सि मंगलबारदेखि अतिरिक्त महानिरीक्षक किरण बज्राचार्य पनि अवकाशप्राप्त हुँदैछिन्। उनी काठमाडौँ उपत्यका प्रहरी कार्यालयको प्रमुख छिन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]