१३ आश्विन २०८३, मंगलबार
29-09-2026 , Tue
×

बाल कलाकार सचिन परियार फेरि अस्पतालमा भर्ना NICU मा उपचार हुँदै,

Logo
Abc Sanchar प्रकाशित आइतबार, पुष १४, २०८१

 

काठमाडौं । बाल कलाकार सचिन परियार फेरि अस्पतालमा भर्ना भएका छन् । उनलाई अहिले NICU मा राखेर उपचार गरिदै छ । उनको स्वास्थ्यको बारेमा एक अन्तर्वर्तामा सचिनका बुवाले जानकारी दिएका हुन् । छोरा गुमाउनु पर्छ कि भन्ने चिन्ताले उनि रोएका पनि छन् । यो भन्दा अघि पनि सबैले सहयोग गरेर बचाउनु भएको हो अब पनि आशा छ । मैले सहयोग माग्दा सबैले फेरि माग्न आयो भनेर गाली गर्नु हुन्छ त्यसैले यो पटक मैले माग्दिन । अब सचिनलाई माया गर्ने हरुले कसैले सहयोग गर्नु भयो भने सचिनलाई बचाउन सकिएला भन्ने आशा लागेको बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले स्वीप अपरेशन चलाएर २४ घण्टाको अवधिमा काठमाडौंबाट १५१ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा १४१ पुरुष र १० जना महिला छन् । सुरक्षित काठमाडौंकोको अवधारण अनुसार स्वीप अपरेशन चलाएर प्रहरीले उनीहरुलाई पक्राउ गरेको बताएको छ । पक्राउ परेकाहरु सार्वजनिक सेवा प्रवाहमा अवरोध गर्ने, सर्वसाधारणमाथि हातपात, हुलहुज्जत गर्ने, चोरी, […]

बाग्लुङ । पछिल्लो तीन दिनयता बागलुङको विभिन्न स्थानमा गएको पहिरोले घर पुरिँदा १२ जनाको मृत्यु भएको छ भने एकजना अझै बेपत्ता छन् । ताराखोला गाउँपालिका–५ सिपमा पहिरोले घर पुरिँदा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घर पुरिँदा ५५ वर्षीय दिलबहादुर पुन र उनकी सासु म्याग्दीको मालिका गाउँपालिका–२ की ७९ वर्षीय नरमाया रोकाको […]

दाङ । अर्घाखाँची सितगंगामा आज साँझ करिब ५ बजे अर्घाखाँची जिल्ला सितगंगा नगरपालिका वडा नं. ९ कालधारे निवासी दिलमान रोकाको घरमा आगलागी भएको छ। आगलागीमा मानवीय क्षति नभए पनि खाने अन्नपात र लत्ताकपडा सबै जलेर नष्ट भएको छ। पीडित परिवारलाई छिमेकी टोलबासीले सक्दो सहयोग गरिदिन अनुरोध गरिएको छ।