१३ आश्विन २०८३, मंगलबार
29-09-2026 , Tue
×

पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाङ भालुवाङ नर्ती सडकमा समय सीमा टाईम कार्ड निर्धारण,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, पुष १५, २०८१

 

दाङ । भालुवाङ दुर्घटना न्यूनीकरण गर्न पूर्व–पश्चिम राजमार्ग अन्तर्गत भालुवाङ–नर्ती सडकमा समय सीमा (टाईम कार्ड) निर्धारण गरिएको छ । आजदेखि १५ किलोमिटर क्षेत्रमा टाइमकार्ड लागू भएको हो ।

जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय दाङलगायतका सरोकारवाला कार्यालयको बैठकले यस्तो निर्णय गरेपछि आजदेखि टाइमकार्ड लागू भएको समन्वय समितिको प्रमुख अधिकारी कृष्णप्रसाद लम्सालले बताए । उनका अनुसारप्रति घण्टा ४० किलोमिटरको गतिमा चलाउने गरि टाइमकार्ड लागू गरिएको हो ।  जिल्लामा पछिल्लो समय दुर्घटनाका जोखिम बढिरहेका छन् । साथै सोही सडकबीचमा पर्ने खाल्डाखुल्डी पुर्ने समेत निर्णय भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले स्वीप अपरेशन चलाएर २४ घण्टाको अवधिमा काठमाडौंबाट १५१ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा १४१ पुरुष र १० जना महिला छन् । सुरक्षित काठमाडौंकोको अवधारण अनुसार स्वीप अपरेशन चलाएर प्रहरीले उनीहरुलाई पक्राउ गरेको बताएको छ । पक्राउ परेकाहरु सार्वजनिक सेवा प्रवाहमा अवरोध गर्ने, सर्वसाधारणमाथि हातपात, हुलहुज्जत गर्ने, चोरी, […]

बाग्लुङ । पछिल्लो तीन दिनयता बागलुङको विभिन्न स्थानमा गएको पहिरोले घर पुरिँदा १२ जनाको मृत्यु भएको छ भने एकजना अझै बेपत्ता छन् । ताराखोला गाउँपालिका–५ सिपमा पहिरोले घर पुरिँदा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घर पुरिँदा ५५ वर्षीय दिलबहादुर पुन र उनकी सासु म्याग्दीको मालिका गाउँपालिका–२ की ७९ वर्षीय नरमाया रोकाको […]

दाङ । अर्घाखाँची सितगंगामा आज साँझ करिब ५ बजे अर्घाखाँची जिल्ला सितगंगा नगरपालिका वडा नं. ९ कालधारे निवासी दिलमान रोकाको घरमा आगलागी भएको छ। आगलागीमा मानवीय क्षति नभए पनि खाने अन्नपात र लत्ताकपडा सबै जलेर नष्ट भएको छ। पीडित परिवारलाई छिमेकी टोलबासीले सक्दो सहयोग गरिदिन अनुरोध गरिएको छ।