२३ बैशाख २०८३, बुधबार
06-05-2026 , Wed
×

नेपाल प्रहरीको समूहतर्फ रिक्त प्रहरी जवानको लिखित परीक्षामा गडबढी लोकसेवा आयोगमा गम्भीर प्रश्न

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, पुष १७, २०८१

 

काठमाडौं । नेपाल प्रहरीको जनपद समूहतर्फ रिक्त प्रहरी जवान पदको लिखित परीक्षाको नतिजामा गडबढी भएको खुलेको छ। लोक सेवा आयोगद्वारा लिइएको उक्त परीक्षाको नतिजामा त्रुटि भएको भन्दै मंगलबार संशोधित सूचना प्रकाशित गरिएको छ।

प्रहरी प्रधान कार्यालयले मंगलबार एक सूचना जारी गर्दै मंसिर १ गते प्रकाशित लिखित परीक्षाको नतिजामा त्रुटि भएको जानकारी दिएको हो। संशोधित सूचनामा २६ जना उम्मेदवारहरूको नाम समावेश गरिएको छ।

सूचनामा भनिएको छ, “नेपाल प्रहरीमा जनपद समूहतर्फ रिक्त प्रहरी जवान पदको लोक सेवा आयोगबाट मिति २०८९/०८/०१ गते प्रकाशित लिखित परीक्षाको नतिजामा अन्यथा हुन गएकोले आयोगको मिति २०८१/०९/१६ गतेको निर्णयानुसार देहायका रोल नं. र नाम भएका उम्मेदवारहरूको नामावली समावेश गरी संशोधित सूचना प्रकाशित गरिएको छ।”

यसअघि मंसिर १ गते सार्वजनिक भएको नतिजामा २,६११ जना उत्तीर्ण भएका थिए र उनीहरूको अन्तर्वार्ता पनि भइसकेको थियो। तर, त्रुटिपछि संशोधित नामावलीमा २६ जना नयाँ उम्मेदवारको नाम थपिएको छ।

यस्तै संशोधित नतिजापछि उत्तीर्ण भएका उम्मेदवारहरूको अन्तर्वार्ता तालिका बुधबार नेपाल प्रहरीको आधिकारिक वेबसाइटमा प्रकाशित गरिने सूचनामा उल्लेख छ।

यस घटनाले लोक सेवा आयोगद्वारा लिइने परीक्षाको प्रक्रिया र पारदर्शितामा गम्भीर प्रश्न उठाएको छ। परीक्षामा भाग लिने उम्मेदवारहरूले निष्पक्ष र विश्वसनीय नतिजा पाउने अपेक्षा गरे पनि यस्तो त्रुटिले उनीहरूको भविष्य अन्योलमा पारेको छ।

परीक्षामा हुने यस्ता गडबढीहरूलाई रोक्न सरकार र सम्बन्धित निकायले तत्काल सुधारात्मक कदम चाल्नु आवश्यक छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बुटवल । *कार्यक्रम विवरण:* *मिति*: २०८३ साल वैशाख २३ गते – *स्थान*: नेपाल प्रहरी विशेष सुरक्षा गण, सुनवल, नवलपरासी पश्चिम – *भ्रमण गर्ने*: प्रहरी अतिरिक्त महानिरीक्षक डम्बर बहादुर वि.क., प्रमुख प्रदेश समन्वय विभाग, नेपाल प्रहरी प्रधान कार्यालय – *स्वागत गर्ने*: लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भुपेन्द्र बहादुर खत्री *मुख्य गतिविधि:* 1. *नमुना अभ्यास […]

बागलुङ । नगरपालिका–१३ नयाँपुलका लीलाधर जैसीको केरा बारीमा हिजोआज दिनकै बजारका व्यापारीको बास हुन्छ। स्थानीय जातका केराको खोजीमा बागलुङ र कुश्मा बजारका व्यापारी दिनदिनै उहाँको बारी धाउँछन्। पछिल्लो छ महिनायता लीलाधर र उहाँको गाउँका किसानले केरा बेच्नका लागि बजार जानु परेको छैन। घरघरमै दिनदिनै आउने व्यापारीले केरा आफैँ खोज्छन्, आफैँले काट्छन् र गन्ती गरेपछि केराकै […]

काठमाडौं । सशस्त्र प्रहरी बल, प्रधान कार्यालयले आज सूचना जारी गर्दै उनीहरुलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन आग्रह गरेको छ। उनीहरु नेपालका विभिन्न इकाइबाट बिदा तथा आफूखुसी लाइन ब्यारेक छाडी भागि गैर हाजिर रहेको सूचनामा उल्लेख छ। ‘गैर हाजिर रहेकाहरू कुनै पनि किसिमको सम्पर्कमासमेत नरहेकाले यो सूचना प्रकाशित भएको मितिले बाटोको म्यादबाहेक सात दिनभित्र गैर हाजिर […]

error: Content is protected !!