१३ आश्विन २०८३, मंगलबार
29-09-2026 , Tue
×

प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी टेक बहादुर तामाङको पदभार ग्रहण कार्यक्रम सम्पन्न,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, पुष १८, २०८१

 

काठमाण्डौ । नेपाल सरकार, (मन्त्रिपरिषद) को मिति २०८१/०९/१६ गतेको निर्णय अनुसार तालुक नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नक्सालबाट काठमाण्डौ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा कार्यालय प्रमुखको रुपमा सरूवा भई आउनुभएका प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले यस कार्यालयमा पदभार ग्रहण गर्नुभएको छ ।

पदभार ग्रहण पश्चात काठमाण्डौ उपत्यका प्रहरी कार्यालय तथा मातहतका प्रहरी कमचारीहरुलाई निर्देशन दिनु हुदैँ प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले प्रहरीको सेवा प्रवाहलाई हरेक नागरिक, नागरिक समाज लगायत राज्यका सम्पूर्ण संयन्त्रहरुबाट प्रत्यक्ष निगरानी हुने र देशकै राजधानी सहर पनि रहेकाले काठमाण्डौ उपत्यकामा प्रहरीले अझै उत्कृष्ठ ढंगले कार्यसम्पादन गर्नु पर्ने बताउनु भयो । साथै आफ्नो मातहतका प्रहरी कर्मचारीलाई उत्प्रेरणा गर्दै, प्रहरी संगठन प्रति बफादर र मानव अधिकारको उच्च सम्मान गर्दै, कानून सम्मत ढङ्गबाट कार्य गर्न समेत निर्देशन दिनु भएको थियो । सोही अबसरमा काठमाण्डौ उपत्यका प्रहरी कार्यालयको परिचालन कक्ष तथा विभिन्न शाखाहरु लगायत अन्य संरचनाको निरीक्षण समेत गर्नुभई शाखाहरुको काम कार्वाहीको बारेमा जानकारी समेत लिनुभएको थियो ।
कार्यक्रममा काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक ध्रुब राज राउत, यस कार्यालय तथा मातहतका प्रहरी वरिष्‍ठ उपरीक्षकहरु, प्रहरी उपरीक्षकहरु, प्रहरी नायव उपरीक्षकहरु, प्रहरी निरीक्षकहरु, जुनियर प्रहरी कर्मचारीहरु लगायत अन्य प्रहरी कर्मचारीहरु उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले स्वीप अपरेशन चलाएर २४ घण्टाको अवधिमा काठमाडौंबाट १५१ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा १४१ पुरुष र १० जना महिला छन् । सुरक्षित काठमाडौंकोको अवधारण अनुसार स्वीप अपरेशन चलाएर प्रहरीले उनीहरुलाई पक्राउ गरेको बताएको छ । पक्राउ परेकाहरु सार्वजनिक सेवा प्रवाहमा अवरोध गर्ने, सर्वसाधारणमाथि हातपात, हुलहुज्जत गर्ने, चोरी, […]

बाग्लुङ । पछिल्लो तीन दिनयता बागलुङको विभिन्न स्थानमा गएको पहिरोले घर पुरिँदा १२ जनाको मृत्यु भएको छ भने एकजना अझै बेपत्ता छन् । ताराखोला गाउँपालिका–५ सिपमा पहिरोले घर पुरिँदा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घर पुरिँदा ५५ वर्षीय दिलबहादुर पुन र उनकी सासु म्याग्दीको मालिका गाउँपालिका–२ की ७९ वर्षीय नरमाया रोकाको […]

दाङ । अर्घाखाँची सितगंगामा आज साँझ करिब ५ बजे अर्घाखाँची जिल्ला सितगंगा नगरपालिका वडा नं. ९ कालधारे निवासी दिलमान रोकाको घरमा आगलागी भएको छ। आगलागीमा मानवीय क्षति नभए पनि खाने अन्नपात र लत्ताकपडा सबै जलेर नष्ट भएको छ। पीडित परिवारलाई छिमेकी टोलबासीले सक्दो सहयोग गरिदिन अनुरोध गरिएको छ।