२३ बैशाख २०८३, बुधबार
06-05-2026 , Wed
×

शुक्रबार तपाईंको राशिसल,

Logo
ABC-Sanchar प्रकाशित शुक्रबार, पुष १९, २०८१

शुक्रबार तपाईंको राशिसल

 

मेष : खानपानमा ख्याल नगर्दा रोगले सताउने छ। परिवारसँगको सम्बन्धमा सुधार हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। निजी शिक्षाको लगानीबाट मन शान्त बन्नेछ। बौद्धिक व्यक्तिको सुझाव अनुसार अगाडि बढ्नु राम्रो हुनेछ।

वृष : दिन सामान्य छ। साथीसँग बोल्दा सचेत बन्नुपर्नेछ। सानो गल्तीले मिल्ने साथी टाढिने जोखिम छ। प्राविधिक शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। राज्यको तर्फबाट भय बढ्ने जोखिम छ। राजनीतिक क्षेत्रमा भय बढ्नेछ।

मिथुन : थोरै बोलेर अगाडि बढ्नुपर्नेछ। धेरै तर्क गर्दा सम्बन्ध बिग्रिने जोखिम छ। इज्जत राख्नकै लागि सम्पत्ति खर्च गर्नुपर्ने दिन छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। विदेशी लगानी भए मन प्रशन्न हुनेछ।

कर्कट : साथीभाइबाट असहयोग हुने जोखिम छ। कार्यालयमा सहकर्मीसँग मनमुटाव हुने जोखिम छ। स्वास्थ्यमा भने सुधार हुने योग छ। विपक्षीको शब्दजालमा पर्ने जोखिम भएकाले सचेत बन्नु उचित हुनेछ। परिवारसँगको सम्बन्ध भने सुमधुर बन्नेछ।

सिंह : आफन्त भनेका साथीले असहयोग गर्नेछन्। सञ्चित धन खर्च गर्नबाट जोगिनु पर्नेछ। शिक्षाको क्षेत्रमा सफल बन्न मेहनत आवश्यक देखिन्छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

कन्या : धार्मिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। चिकित्सकको परामर्शमा भए स्वास्थ्यमा सुधार हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग रहेको छ।

तुला : निजी क्षेत्रमा गरेको लगानीले मनमा शान्ति मिल्नेछ। स्वास्थ्यमा सुधार हुने योग छ। खानपानमा भने समस्या हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ मिल्नेछ।

वृश्चिक : बन्धुसँगको सहकार्यबाट फाइदा हुनेछ। साना कुरामा अल्झिएमा मन अशान्त बन्नेछ। बौद्धिक व्यक्तिसँगको भेटले मन प्रशन्न बन्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग रहेको छ।

धनु : धनलक्ष्मी योग परेकाले सम्पत्तिको सदुपयोग गर्नुपर्नेछ। राजनीतिक संगठनमा साथ दिनेको संख्या बहुमत रहेको छ। सहयोगीसँग व्यवहार गर्दा सचेत बन्नुपर्ने योग छ। परिवारसँगको सम्बन्ध भने सुमधुर बन्नेछ।

मकर : शुभ ग्रहको बहुमत भएकाले दाजुभाइको साथ प्राप्त हुनेछ। सञ्चित धन ठगको हातमा पर्ने हुँदा सचेत बन्नुपर्नेछ। गरगहना हराउने जोखिम रहेको छ। स्वास्थ्यमा सुधार हुँदा मन शान्त बन्नेछ।

कुम्भ : दिन सामान्य छ। सञ्चित धन खर्च गर्दा खटपटी बढ्नेछ। वक्र बृहस्पति मनमा भएकाले मन अशान्त बन्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। संकटमा परिवारको सुझाव अनुसार अगाडि बढ्नु उपयुक्त हुनेछ।

मीन : ११ औं स्थानमा चन्द्रमा पुगेकाले आज गरेको लगानीबाट फाइदा हुनेछ। मनमा शान्ति प्राप्त हुनेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयासमा ढिलासुस्ती हुनेछ। परिवारसँगको सम्बन्ध सुधार हुँदा प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ।

ज्योतिषाचार्य तथा वास्तु विद् – माधवा शर्मा ।
सचिव -नेपाल ज्योतिष परिषद् लुम्विनी प्रदेश ।
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपूर क लाईन जेसिस चोक दाङ ।
फोन नं -9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बुटवल । *कार्यक्रम विवरण:* *मिति*: २०८३ साल वैशाख २३ गते – *स्थान*: नेपाल प्रहरी विशेष सुरक्षा गण, सुनवल, नवलपरासी पश्चिम – *भ्रमण गर्ने*: प्रहरी अतिरिक्त महानिरीक्षक डम्बर बहादुर वि.क., प्रमुख प्रदेश समन्वय विभाग, नेपाल प्रहरी प्रधान कार्यालय – *स्वागत गर्ने*: लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भुपेन्द्र बहादुर खत्री *मुख्य गतिविधि:* 1. *नमुना अभ्यास […]

बागलुङ । नगरपालिका–१३ नयाँपुलका लीलाधर जैसीको केरा बारीमा हिजोआज दिनकै बजारका व्यापारीको बास हुन्छ। स्थानीय जातका केराको खोजीमा बागलुङ र कुश्मा बजारका व्यापारी दिनदिनै उहाँको बारी धाउँछन्। पछिल्लो छ महिनायता लीलाधर र उहाँको गाउँका किसानले केरा बेच्नका लागि बजार जानु परेको छैन। घरघरमै दिनदिनै आउने व्यापारीले केरा आफैँ खोज्छन्, आफैँले काट्छन् र गन्ती गरेपछि केराकै […]

काठमाडौं । सशस्त्र प्रहरी बल, प्रधान कार्यालयले आज सूचना जारी गर्दै उनीहरुलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन आग्रह गरेको छ। उनीहरु नेपालका विभिन्न इकाइबाट बिदा तथा आफूखुसी लाइन ब्यारेक छाडी भागि गैर हाजिर रहेको सूचनामा उल्लेख छ। ‘गैर हाजिर रहेकाहरू कुनै पनि किसिमको सम्पर्कमासमेत नरहेकाले यो सूचना प्रकाशित भएको मितिले बाटोको म्यादबाहेक सात दिनभित्र गैर हाजिर […]

error: Content is protected !!