१२ आश्विन २०८३, सोमबार
28-09-2026 , Mon
×

सशस्त्र प्रहरी बल (एपीएफ) नेपालको ठूलो संख्यामा भर्ना खुल्यो,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, पुष १९, २०८१

 

काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ) नेपालले ठूलो संख्यामा जनशक्ति माग गरेको छ । सशस्त्र प्रहरी प्रधान कार्यालय मानवस्रोत विभागले विभिन्न रिक्त पदमा पदपूर्तीका लागि सशस्त्र प्रहरी निरीक्षकदेखि जवानसम्म माग गरेको हो ।

जसअनुसार प्रहरी निरीक्षक ६८ जना, सहायक निरीक्षक ८३, जवान ९४१ र परिचर ८७ जना माग गरिएको छ । एपीएफले २० जना भान्छे लगायतका पदमा पनि जनशक्ति माग गरेको छ ।

इच्छुक योग्यता पुगेका नागरिकले यहि पुस २४ गतेदेखि माघ २४ गतेसम्म अनलाइनमार्फत दरखास्त फारम बुझाउन सक्नेछन् । दोब्बर दस्तुर तिरेर माघ २८ गतेसम्म फारम बुझाउन सकिने सूचनामा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

चितवन । नारायणी नदीको पुलमा अड्किएको ‘राइनो क्रुज’ निकाल्ने काम सुरु भएको छ। नदीको बहाव घटेपछि क्रेनको सहायताले क्रुज निकाल्न थालिएको हो। हिजो बाढीले बगाएर ल्याएको क्रुज नारायणी पुलमा अड्किएको थियो।

दाङ । राप्ती गाउँपालिका वडा नम्बर ४ मौरीघाट पेट्रोल पम्प नजिक बाइक र अटो ठोक्किएका छन्। दुर्घटनामा बाइकमा सवार दुईजना घाइते भएका छन्। घाइते दुवैलाई उपचारका लागि भालुवाङ स्वास्थ्य चौकी पठाइएको छ। थप विवरण आउन बाँकी छ।

चितवन । नारायणीको बाढीले नदी किनारमा बाँधेर राखिएको क्रुजसिप बगाएको छ। बगेर आएको घरजत्रो क्रुजसिप नारायणी पुलको गैंडाकोटतर्फको भागमा अड्किएको छ। क्रुजसिप पुलमुनि अड्किँदा पुल थप जोखिममा परेको छ।