२३ बैशाख २०८३, बुधबार
06-05-2026 , Wed
×

धर्मेन्द्र चौधरीसहित २९ सदस्यि रिपोर्टर्स क्लब नेपाल कपिलवस्तुको जिल्ला कार्यसमिति चयन,

Logo
ABC-Sanchar प्रकाशित आइतबार, पुष २१, २०८१

 

कपिलवस्तु । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका पूर्वअध्यक्ष वसन्त गिरीले व्यवसायिक पत्रकारिता गर्नुपर्ने धारणा राख्नुभएको छ ।

रिपोर्टर्स क्लब नेपाल कपिलवस्तुको चौथो अधिवेशनलाई सम्बोधन गर्दै पूर्व अध्यक्ष गिरीले व्यवसायिक पत्रकारिता र विधागत पत्रकारिता तर्फ सबै पत्रकार लाग्नुपर्ने बताउनु भयो ।

रिपोर्टर्स क्लब कपिलवस्तुको अधिवेशनलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासङ्घ कपिलवस्तुका उपाध्यक्ष खग प्रसाद चापागाईले पत्रकारहरूले सत्यतथ्य समाचार तर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।

उपाध्यक्ष चापागाईंले नेपाल पत्रकार महासंघका कपिलवस्तुले सबै पत्रकारलाई समेट्ने गरी साझा महासंघ बनाउने उद्देश्यका साथ लागेको धारणा राख्नुभयो । चापागाईंले नवनिर्वाचित समितिले पत्रकारिताको मर्यादाभित्र रही पत्रकारिता गर्नुपर्ने बताउनु भयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै चेम्बर अफ कमर्स कपिलवस्तुका अध्यक्ष महादेव पोखरेलले पत्रकारहरु व्यवसायिक पत्रकारिता गर्नुपर्ने बताउनुभयो । अध्यक्ष पोखरेलले पत्रकारहरू आफ्नो गाउँठाउँको समाचारहरूलाई प्राथमिकताका साथ छाप्नुपर्ने बताउनु भएको छ ।

चन्द्रौटा उद्योग वाणिज्य सङ्घका अध्यक्ष ईश्वरी पाण्डेले मिडियाहरूलाई मर्ज गर्ने गरी सबै एकजुट हुनुपर्नेमा धारणा राख्नुभयो । धेरै मिडिया भएकोले सबैलाई एकीकृत गरी अगाडि बढ्नु पर्ने पाण्डेको भनाई रहेको थियो ।

शिवराज नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष खिमविक्रम केसीले पत्रकारहरु स्थानीय सरकारको समाचारलाई विशेष प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।

लुम्बिनी प्रदेश अकोराबका पूर्वअध्यक्ष राजु खरालले कपिलवस्तु पश्चिमका पत्रकारहरू क्रियाशील बन्दै गएको प्रति खुशी व्यक्त गर्नुभयो । पत्रकारका नेता समेत भएका खरालले पत्रकारहरू संस्थागत विकास तर्फ अग्रसर भई लाग्नुपर्ने जानकारी दिनुभयो ।

कार्यक्रमको अध्यक्षता गरिरहनुभएका शनिल्ला धोबीले पत्रकारितालाई मजबुत तरिकाले लैजानुपर्ने बताउनुभयो । धोबीले व्यापारी व्यवसायीले समेत पत्रकारलाई सहयोग गर्नुपर्ने धारणा राख्नुभयो ।

रिपोर्टर्स क्लब नेपाल कपिलवस्तुका अध्यक्ष सनिउल्ला धोबीको अध्यक्षतामा भएको कार्यक्रममा नयाँ समिति सर्वसम्मत रुपले चयन गरिएको छ ।

कपिलवस्तुको चेम्बर अफ कमर्सको सभाहाल चन्द्रौटामा भएको रिपोर्टर्स क्लब नेपाल कपिलवस्तुको अधिवेशनले नवराज पौडेलको अध्यक्षतामा नया कार्यसमिती चयन गरिएको छ ।

वरिष्ठ उपाध्यक्ष पदमा सुर्य गुरुङ ,उपाध्यक्ष बृजेश जयसवाल, उपाध्यक्ष (महिला ) विष्णु (विपना) पौडेल, महासचिव केशव बेल्बासे रहनु भएको छ ।

त्यस्तै सचिवमा अजय मिश्र, सचिव(समावेशी) पदमा बृजेश यादव, काेषाध्यक्ष पदमा अनेक पाण्डे,  सह काेषााध्यक्ष पदमा कृष्ण पौडेल सहित निर्वाचित २९ सदस्यीय  कार्यसमिति निर्वाचित भएको निर्वाचन समितिका संयोजक राजु खरालले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बुटवल । *कार्यक्रम विवरण:* *मिति*: २०८३ साल वैशाख २३ गते – *स्थान*: नेपाल प्रहरी विशेष सुरक्षा गण, सुनवल, नवलपरासी पश्चिम – *भ्रमण गर्ने*: प्रहरी अतिरिक्त महानिरीक्षक डम्बर बहादुर वि.क., प्रमुख प्रदेश समन्वय विभाग, नेपाल प्रहरी प्रधान कार्यालय – *स्वागत गर्ने*: लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भुपेन्द्र बहादुर खत्री *मुख्य गतिविधि:* 1. *नमुना अभ्यास […]

बागलुङ । नगरपालिका–१३ नयाँपुलका लीलाधर जैसीको केरा बारीमा हिजोआज दिनकै बजारका व्यापारीको बास हुन्छ। स्थानीय जातका केराको खोजीमा बागलुङ र कुश्मा बजारका व्यापारी दिनदिनै उहाँको बारी धाउँछन्। पछिल्लो छ महिनायता लीलाधर र उहाँको गाउँका किसानले केरा बेच्नका लागि बजार जानु परेको छैन। घरघरमै दिनदिनै आउने व्यापारीले केरा आफैँ खोज्छन्, आफैँले काट्छन् र गन्ती गरेपछि केराकै […]

काठमाडौं । सशस्त्र प्रहरी बल, प्रधान कार्यालयले आज सूचना जारी गर्दै उनीहरुलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन आग्रह गरेको छ। उनीहरु नेपालका विभिन्न इकाइबाट बिदा तथा आफूखुसी लाइन ब्यारेक छाडी भागि गैर हाजिर रहेको सूचनामा उल्लेख छ। ‘गैर हाजिर रहेकाहरू कुनै पनि किसिमको सम्पर्कमासमेत नरहेकाले यो सूचना प्रकाशित भएको मितिले बाटोको म्यादबाहेक सात दिनभित्र गैर हाजिर […]

error: Content is protected !!