१२ आश्विन २०८३, सोमबार
28-09-2026 , Mon
×

नेपाल प्रहरीका पुर्व (आईजीपी) सर्वेन्द्र खनालले एमाले पार्टी परित्याग गरे

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, पुष २१, २०८१

 

काठमाडौं । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले एमाले पार्टी परित्याग गरेका छन्। उनले आफ्नो फेसबुकमार्फत् अब कुनै पनि राजनीतिक दलमा आबद्ध नरहेको घोषणा गरेका हुन्।

खनालले २०७९ असोज ६ गते एमालेमा प्रवेश गरेका थिए। एमाले मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा खनालले केपी शर्मा ओलीलाई महान् राष्ट्रवादी र अडान भएको नेता भन्दै पार्टी प्रवेश गरेका थिए। प्रहरी सेवामा रहँदा ओलीको राष्ट्रवादी दृष्टिकोणबाट आफू प्रभावित भएको बताउने खनालले पार्टीमा दुई वर्ष बिताएपछि एमालेसँग मोहभंग भएको खुलासा गरेका छन्।

खनालले एमालेमा आबद्ध भएसँगै २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ६ बाट उम्मेदवारी दिएका थिए। तर, सो निर्वाचनमा रास्वपाका शिशिर खनालसँग पराजित भएका थिए। त्यसपछि तनहुँ क्षेत्र नम्बर १ मा भएको उपनिर्वाचनमा पनि उनी रास्वपाका डा. स्वर्णिम वाग्लेसँग पराजित भएका थिए। तनहुँको उपनिर्वाचनमा खनालले अत्यन्त कम मत ल्याएर तेस्रो स्थान हासिल गरेका थिए।

खनालले एमाले प्रवेशका बेला केपी शर्मा ओलीको नेतृत्वको खुलेर प्रशंसा गरेका थिए। भीम रावल निष्कासन भएको ११ दिनपछि पूर्वआईजीपी खनालले पनि एमालेबाट बाहिरिएको घोषणा गरेका हुन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । राप्ती गाउँपालिका वडा नम्बर ४ मौरीघाट पेट्रोल पम्प नजिक बाइक र अटो ठोक्किएका छन्। दुर्घटनामा बाइकमा सवार दुईजना घाइते भएका छन्। घाइते दुवैलाई उपचारका लागि भालुवाङ स्वास्थ्य चौकी पठाइएको छ। थप विवरण आउन बाँकी छ।

चितवन । नारायणीको बाढीले नदी किनारमा बाँधेर राखिएको क्रुजसिप बगाएको छ। बगेर आएको घरजत्रो क्रुजसिप नारायणी पुलको गैंडाकोटतर्फको भागमा अड्किएको छ। क्रुजसिप पुलमुनि अड्किँदा पुल थप जोखिममा परेको छ।

पाल्पा । अविरल वर्षासँगै कालीगण्डकी नदीको बहाव बढेपछि पाल्पाको प्रमुख पर्यटकीय स्थल रानीमहल क्षेत्र डुबानमा परेको छ । नदीको सतह बढ्दा रानीमहल दरबारसहित आसपासका आधा दर्जन होटल, रिसोर्ट तथा पसल प्रभावित भएका छन् । स्थानीयका अनुसार हरेक वर्ष बाढी र नदी कटानले रानीमहल जोखिममा पर्दै आएको छ । दरबारको जगसमेत नदी कटान र पहिरोका कारण […]