१२ आश्विन २०८३, सोमबार
28-09-2026 , Mon
×

युट्यूबर मनोज मानव भनेर चिनिने मनोज कुमार महतो फेरि पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, पुष २१, २०८१

 

काठमाडौं । शक्रबार जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एसपी नवराज अधिकारीले अभद्र व्यवहारको आरोपमा एक महिलाले जाहेरी दिएपछि महतोलाई पक्राउ गरिएको जानकारी दिए।

महतो पटकपटक पक्राउ परिरहने व्यक्ति हुन्। यसअघि गत वर्षको माघमा विद्युतीय अपराध ऐन विपरीतको कसूर गरेको आरोपमा उनी पक्राउ परेका थिए।

सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको जाहेरी परेपछि अनुसन्धानका लागि उनी पक्राउ परेका थिए। त्यसअघि पनि उनी साइबर अपराधको कसूरमा पक्राउ परेर धरौटीमा छुटेका थिए।

उनी युवतीको आड लिएर केही राजनीतिक व्यक्तित्वको चरित्र हत्या गर्ने कार्यमा सक्रिय छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । राप्ती गाउँपालिका वडा नम्बर ४ मौरीघाट पेट्रोल पम्प नजिक बाइक र अटो ठोक्किएका छन्। दुर्घटनामा बाइकमा सवार दुईजना घाइते भएका छन्। घाइते दुवैलाई उपचारका लागि भालुवाङ स्वास्थ्य चौकी पठाइएको छ। थप विवरण आउन बाँकी छ।

चितवन । नारायणीको बाढीले नदी किनारमा बाँधेर राखिएको क्रुजसिप बगाएको छ। बगेर आएको घरजत्रो क्रुजसिप नारायणी पुलको गैंडाकोटतर्फको भागमा अड्किएको छ। क्रुजसिप पुलमुनि अड्किँदा पुल थप जोखिममा परेको छ।

पाल्पा । अविरल वर्षासँगै कालीगण्डकी नदीको बहाव बढेपछि पाल्पाको प्रमुख पर्यटकीय स्थल रानीमहल क्षेत्र डुबानमा परेको छ । नदीको सतह बढ्दा रानीमहल दरबारसहित आसपासका आधा दर्जन होटल, रिसोर्ट तथा पसल प्रभावित भएका छन् । स्थानीयका अनुसार हरेक वर्ष बाढी र नदी कटानले रानीमहल जोखिममा पर्दै आएको छ । दरबारको जगसमेत नदी कटान र पहिरोका कारण […]