१२ आश्विन २०८३, सोमबार
28-09-2026 , Mon
×

भारतमा हेलिकप्टर दुर्घटना,३ जनाको मृत्यु,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, पुष २१, २०८१

 

काठमाडौं । भारतको गुजरातको पोरबन्दरमा आइतबार एक नियमित तालिमका क्रममा भारतीय तट रक्षकको एडभान्स्ड लाइट हेलिकप्टर (एएलएच) ध्रुव दुर्घटनाग्रस्त भएको छ । दुर्घटना तट रक्षक वायु चौकी पोरबन्दरमा भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

समाचार एजेन्सी प्रेस ट्रस्ट अफ इन्डिया (पीटीआइ) ले एक जना प्रहरी अधिकारीलाई उद्धृत गर्दै दुर्घटनामा तीन जना चालक दलका सदस्यको मृत्यु भएको जनाएको छ । हेलिकप्टरमा दुई जना पाइलट र तीन जना अन्य सदस्य सवार थिए ।

प्राविधिक समस्याका कारण हेलिकप्टर दुर्घटनामा परेको प्रारम्भिक जानकारी प्राप्त भएको छ । हाल घटनाको विस्तृत अनुसन्धान गरिरहेको भारतीय तट रक्षकले यस सम्बन्धमा थप विवरण सार्वजनिक गर्न बाँकी छ ।

यसअघि सेप्टेम्बर महिनामा पनि उही प्रकारको एहएलएच एमके – ३ हेलिकप्टर पोरबन्दर नजिक अरब सागरमा दुर्घटनाग्रस्त भएको थियो । त्यस घटनापछि तट रक्षकले आफ्ना एएलएच हेलिकप्टरहरूको उडान नियन्त्रण प्रणाली र ट्रान्समिसन प्रणालीको विशेष निरीक्षण गर्न आदेश दिएको थियो । उक्त निरीक्षणका क्रममा हेलिकप्टरहरूको उडान अस्थायी रूपमा स्थगित गरिएको थियो ।

भारतीय तट रक्षकले हाल १६ वटा एएलएच हेलिकप्टर सञ्चालनमा ल्याएको छ, जुन बेंगलुरुमा अवस्थित हिन्दुस्तान एरोनटिक्स लिमिटेड (एचएएल) ले निर्माण गरेको हो ।

सेप्टेम्बरको दुर्घटनामा हेलिकप्टर चिकित्सकीय उद्धारको लागि खटिएको थियो । ट्याङ्करमा कार्यरत एक जना कर्मचारी गम्भीर घाइते भएपछि हेलिकप्टरलाई तत्काल उद्धारको लागि पठाइएको थियो । तर, उडानको १५ मिनेटपछि हेलिकप्टर अरब सागरमा आपत्कालीन अवतरण (डिचिङ) गर्न बाध्य भएको बताइएको छ ।

त्यस हेलिकप्टरले गुजरातको बाढीका समयमा ६७ जनाको जीवन बचाउन महत्त्वपूर्ण भूमिका खेलेको थियो । तट रक्षकका अनुसार, “ध्रुव हेलिकप्टर सेप्टेम्बर २, २०२४ को राति ११ बजे पोरबन्दरबाट करिब ४५ किलोमिटर टाढा रहेको भारतीय झन्डावाहक ट्याङ्कर हरि लीलामा रहेका घाइते सदस्यलाई उद्धार गर्न पठाइएको थियो ।”

पछिल्लो दुर्घटनाले तट रक्षकको एएलएच परिचालन सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । राप्ती गाउँपालिका वडा नम्बर ४ मौरीघाट पेट्रोल पम्प नजिक बाइक र अटो ठोक्किएका छन्। दुर्घटनामा बाइकमा सवार दुईजना घाइते भएका छन्। घाइते दुवैलाई उपचारका लागि भालुवाङ स्वास्थ्य चौकी पठाइएको छ। थप विवरण आउन बाँकी छ।

चितवन । नारायणीको बाढीले नदी किनारमा बाँधेर राखिएको क्रुजसिप बगाएको छ। बगेर आएको घरजत्रो क्रुजसिप नारायणी पुलको गैंडाकोटतर्फको भागमा अड्किएको छ। क्रुजसिप पुलमुनि अड्किँदा पुल थप जोखिममा परेको छ।

पाल्पा । अविरल वर्षासँगै कालीगण्डकी नदीको बहाव बढेपछि पाल्पाको प्रमुख पर्यटकीय स्थल रानीमहल क्षेत्र डुबानमा परेको छ । नदीको सतह बढ्दा रानीमहल दरबारसहित आसपासका आधा दर्जन होटल, रिसोर्ट तथा पसल प्रभावित भएका छन् । स्थानीयका अनुसार हरेक वर्ष बाढी र नदी कटानले रानीमहल जोखिममा पर्दै आएको छ । दरबारको जगसमेत नदी कटान र पहिरोका कारण […]