१२ आश्विन २०८३, सोमबार
28-09-2026 , Mon
×

वरिष्ठ एसएसपी श्यामकृष्ण अधिकारीले जिल्ला प्रहरी परिसर ललितपुरकाे जिम्मेवारी सम्हाले

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, पुष २२, २०८१

 

काठमाडौं । प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) श्यामकृष्ण अधिकारीले जिल्ला प्रहरी कार्यालय ललितपुरकाे  जिम्मेवारी सम्हालेका छन्।

ललितपुर जिल्ला प्रहरी प्रमुखको जिम्मेवारीमा सरुवा भएका एसएसपी श्यामकृष्ण अधिकारीले ललितपुर प्रहरीको कमाण्ड सम्हालेका छन्। आज जाउलाखेल जिल्ला प्रहरी परिसर ललितपुरमा एसएसपी अधिकारीलाई सलामीसहित बिशेष स्वागत गरेको छ।

केही दिनअघि गृह मन्त्रालयले अधिकारीलाई ललितपुर प्रहरी प्रमुखमा सरुवा गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । राप्ती गाउँपालिका वडा नम्बर ४ मौरीघाट पेट्रोल पम्प नजिक बाइक र अटो ठोक्किएका छन्। दुर्घटनामा बाइकमा सवार दुईजना घाइते भएका छन्। घाइते दुवैलाई उपचारका लागि भालुवाङ स्वास्थ्य चौकी पठाइएको छ। थप विवरण आउन बाँकी छ।

चितवन । नारायणीको बाढीले नदी किनारमा बाँधेर राखिएको क्रुजसिप बगाएको छ। बगेर आएको घरजत्रो क्रुजसिप नारायणी पुलको गैंडाकोटतर्फको भागमा अड्किएको छ। क्रुजसिप पुलमुनि अड्किँदा पुल थप जोखिममा परेको छ।

पाल्पा । अविरल वर्षासँगै कालीगण्डकी नदीको बहाव बढेपछि पाल्पाको प्रमुख पर्यटकीय स्थल रानीमहल क्षेत्र डुबानमा परेको छ । नदीको सतह बढ्दा रानीमहल दरबारसहित आसपासका आधा दर्जन होटल, रिसोर्ट तथा पसल प्रभावित भएका छन् । स्थानीयका अनुसार हरेक वर्ष बाढी र नदी कटानले रानीमहल जोखिममा पर्दै आएको छ । दरबारको जगसमेत नदी कटान र पहिरोका कारण […]