२३ बैशाख २०८३, बुधबार
06-05-2026 , Wed
×

प्रहरीको युनिफर्म नै लगाएर कार्यालयमा पुगी प्रहरीलाई सलाम गर्न लगाउने नक्कली इन्स्पेक्टर पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, पुष २३, २०८१

 

काठमाडौं । नेपाल प्रहरीको इन्स्पेक्टर हुँ भन्दै ठगी गर्दै आएका युवक पक्राउ परेका छन् । काठमाडौं मनोहराका सुदीप थापालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो । थापाले इन्स्पेक्टरको परिचयपत्र बनाउने मात्र होइन , इन्सपेक्टरको फुली सहितको प्रहरीको यूनिफर्म नै लगाएर हिड्ने समेत गरेको खुलेको छ ।

उनले विदेश पठाउने भनेर तीनजनाबाट ६९ लाख ठगी गरेको उजुरी प्रहरीमा परेको छ । अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीका अनुसार कतिपय अवस्थामा उनी युनिफर्म नै लगाएर प्रहरी कार्यालयमा समेत पुग्थे । प्रहरी कार्यालय पुगेर जुनियर प्रहरीलाई आफु इन्सपेक्टर भएको भन्दै भ्रममा पारेर सलाम समेत गर्न लगाउने गरेको अनुसन्धानमा खुलेको छ । पीडितहरुलाई विश्वासमा पार्न उनले यस्तो शैली अपनाएका हुन् । आफू उत्कृष्ट काम गरेबापत सइबाट विशेष बढुवा भएर इन्स्पेक्टर भएको भन्दै प्रहरीलाई नै झुक्याएको समेत पाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बुटवल । *कार्यक्रम विवरण:* *मिति*: २०८३ साल वैशाख २३ गते – *स्थान*: नेपाल प्रहरी विशेष सुरक्षा गण, सुनवल, नवलपरासी पश्चिम – *भ्रमण गर्ने*: प्रहरी अतिरिक्त महानिरीक्षक डम्बर बहादुर वि.क., प्रमुख प्रदेश समन्वय विभाग, नेपाल प्रहरी प्रधान कार्यालय – *स्वागत गर्ने*: लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भुपेन्द्र बहादुर खत्री *मुख्य गतिविधि:* 1. *नमुना अभ्यास […]

बागलुङ । नगरपालिका–१३ नयाँपुलका लीलाधर जैसीको केरा बारीमा हिजोआज दिनकै बजारका व्यापारीको बास हुन्छ। स्थानीय जातका केराको खोजीमा बागलुङ र कुश्मा बजारका व्यापारी दिनदिनै उहाँको बारी धाउँछन्। पछिल्लो छ महिनायता लीलाधर र उहाँको गाउँका किसानले केरा बेच्नका लागि बजार जानु परेको छैन। घरघरमै दिनदिनै आउने व्यापारीले केरा आफैँ खोज्छन्, आफैँले काट्छन् र गन्ती गरेपछि केराकै […]

काठमाडौं । सशस्त्र प्रहरी बल, प्रधान कार्यालयले आज सूचना जारी गर्दै उनीहरुलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन आग्रह गरेको छ। उनीहरु नेपालका विभिन्न इकाइबाट बिदा तथा आफूखुसी लाइन ब्यारेक छाडी भागि गैर हाजिर रहेको सूचनामा उल्लेख छ। ‘गैर हाजिर रहेकाहरू कुनै पनि किसिमको सम्पर्कमासमेत नरहेकाले यो सूचना प्रकाशित भएको मितिले बाटोको म्यादबाहेक सात दिनभित्र गैर हाजिर […]

error: Content is protected !!