०४ आश्विन २०८३, आइतबार
20-09-2026 , Sun
×

मंगलबार बिहान चीनको सिचाङ तिब्बतमा गएको भूकम्मा परी ५३ जनाको मृत्यु,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, पुष २३, २०८१

मंगलबार बिहान चीनको सिचाङ तिब्बतमा गएको भूकम्मा परी ५३ जनाको मृत्यु

काठमाडौं । चीन क्षेत्रीय प्रकोप राहत मुख्यालयलाई उदृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएअनुसार भूकम्पमा थप ३८ जना घाइते भएका छन्। मृत्यु भएकाहरु सबै तिब्बतकै रहेको जनाइएको छ।

आज बिहान स्थानीय समय अनुसार बिहान ९:०५ बजे सिजाङ प्रान्तको सिगात्छेस्थित डिङ्ग्री काउन्टीमा ६.८ म्याग्नीच्युडको भूकम्प गएको थियो। केन्द्रबिन्दु २८.५ डिग्री उत्तर अक्षांश र ८७.४५ डिग्री पूर्वी देशान्तरमा रहेको बताइएको छ। एजेन्सी

१० किलोमिटर गहिराइमा भूकम्प गएको चाइना अर्थक्वेक नेटवर्क सेन्टरले जारी गरेको प्रतिवेदनमा उल्लेख छ। नेपाल, भारत, भुटान र बंगलादेशसम्म भूकम्पको धक्का महसुस गरिएको थियो। भूकम्पबाट भएको क्षतिको पूर्ण विवरण आइसकेको छैन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मुग्लिन । नारायणगढ-मुग्लिन सडक खण्डको कृष्णभिरमा पहिरो पन्छाएर दुईतर्फी सडक सुचारु गरिए पनि मुग्लिन क्षेत्रमा सवारी जाम उस्तै रहेको छ। दसैंका लागि घर फर्किने यात्रुको चाप बढेसँगै लामो जाम लागेको हो। यात्रुहरू घण्टौंसम्म जाममा बस्न बाध्य छन्।

चितवन । भरतपुरको सुन्दर ६ लेन सडकमा मापदण्ड विपरीत राखिएका होर्डिङ बोर्डहरूले सहरको सौन्दर्य नै कुरुप बनाएका छन्। जथाभावी राखिएका ठूला-ठूला विज्ञापन बोर्डहरूले सडकको सुन्दरता बिगार्नुका साथै दुर्घटनाको जोखिम समेत बढाएको स्थानीयको गुनासो छ। मापदण्ड विपरीत विज्ञापन राख्न दिने र सहर कुरुप बनाउने गरी भएको विज्ञापनमा कसको कति चलखेल छ ? सम्बन्धित निकाय मौन बस्नुले […]

बाँके । रुपैडिहामा आयोजित मैत्रीपूर्ण भलिबल खेलमा सशस्त्र प्रहरी बल, नेपालको एपीएफ ३० नम्बर गणले उत्कृष्ट खेल प्रदर्शन गर्दै भारतको एसएसबी ४२ बाहिनीलाई पराजित गरेको छ। खेलको सुरुदेखि नै एपीएफ टोलीले उत्कृष्ट तालमेल, अनुशासन र आक्रामक खेल प्रदर्शन गरेको थियो। खेलाडीहरूको मेहनत र उत्कृष्ट प्रदर्शनका कारण एपीएफ ३० नम्बर गणले जित हासिल गर्न सफल भएको […]