१२ आश्विन २०८३, सोमबार
28-09-2026 , Mon
×

नेपालगन्जमा बाक्लो हुस्सु सितलहरका कारण दुई दिनदेखि जनजीवन कष्टकर भन्दै

Logo
सागर थापा प्रकाशित बुधबार, पुष २४, २०८१

 

बाँके । कठ्याङग्रिँदो चिसो हुस्सुले अति विपन्न, गरिब, मजदुर र पिछडिएको परिवार बढी प्रभावित भएका छन्। शरीर ढाक्ने न्यानो कपडा र राति ओढ्ने–ओछ्याउने नभएका परिवार चिसोमा कठ्याङग्रिएरै बस्न बाध्य भएका हुन्।

घाम लाग्न छाडेपछि यस क्षेत्रको तापक्रम दिनहुँ घट्दै गइरहेको छ। विभिन्न ठाँउ ठाँउमा आगो ताप्दै बसेका छ्न । चिसोले स–साना बालबालिका, वृद्धवृद्धा र शारीरिक अवस्था कमजोर रहेका व्यक्तिहरु बढी प्रभावित भएका छन्। त्यस्ता व्यक्तिहरु चिसोले चाँडै बिरामी पर्ने भएकाले विशेष ख्याल गर्नुपर्ने चिकित्सकले सुझवा दिएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । राप्ती गाउँपालिका वडा नम्बर ४ मौरीघाट पेट्रोल पम्प नजिक बाइक र अटो ठोक्किएका छन्। दुर्घटनामा बाइकमा सवार दुईजना घाइते भएका छन्। घाइते दुवैलाई उपचारका लागि भालुवाङ स्वास्थ्य चौकी पठाइएको छ। थप विवरण आउन बाँकी छ।

चितवन । नारायणीको बाढीले नदी किनारमा बाँधेर राखिएको क्रुजसिप बगाएको छ। बगेर आएको घरजत्रो क्रुजसिप नारायणी पुलको गैंडाकोटतर्फको भागमा अड्किएको छ। क्रुजसिप पुलमुनि अड्किँदा पुल थप जोखिममा परेको छ।

पाल्पा । अविरल वर्षासँगै कालीगण्डकी नदीको बहाव बढेपछि पाल्पाको प्रमुख पर्यटकीय स्थल रानीमहल क्षेत्र डुबानमा परेको छ । नदीको सतह बढ्दा रानीमहल दरबारसहित आसपासका आधा दर्जन होटल, रिसोर्ट तथा पसल प्रभावित भएका छन् । स्थानीयका अनुसार हरेक वर्ष बाढी र नदी कटानले रानीमहल जोखिममा पर्दै आएको छ । दरबारको जगसमेत नदी कटान र पहिरोका कारण […]