११ आश्विन २०८३, आइतबार
27-09-2026 , Sun
×

दाङ जिल्ला ट्राफिक प्रहरीले भवर ढुवानी बोक्ने गाडीहरु पल्टी गरेर कार्वाही गरेर छोड्दै,

Logo
बिदुर एमसी प्रकाशित बिहिबार, पुष २५, २०८१

 

दाङ । भालुवाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको सक्रियतामा एवं इलाका प्रहरी कार्यालय भालुवाङले बाँके लगायतका जिल्लाबाट भुस ढुवानी गरेर पूर्वतर्फ जान लागेका केही भब्बड गाडीहरुलाई भालुवाङमा होल्ड गरेर राखेकोगरेको छ । लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआइजी दानबहादुर कार्कीले कुनै पनि भब्बड भारी लिएर राजमार्गमा चल्न नपाउने र चलेमा गाडीहरू फिर्ता गराउनुपर्ने अनुरुप जरिवाना काटेर नियम अनुसार गाडीहरू पल्टी गरेर अरु गाडी बोलाएर छोडिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले बताएका छन् ।

केही दिन अघि चारवटा त्यस्ता गाडीहरु नियम विपरीत आएको भए तापनि अन्य गाडीहरूमा पल्टी गरेर पठाइएको ट्राफिक प्रमुख शाहीले जानकारी दिए । बिहीबार पनि त्यस्तै अर्को भब्बड ढुवानी गरेको पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको गाडी भालुवाङमा रोकिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । भाइरल डाँडानजिक पहिरो खस्दा दाङ-कपिलवस्तु सडक खण्ड अवरुद्ध भएको छ। लगातारको वर्षाका कारण पहिरो खसेको र सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। यस सडक भएर यात्रा गर्ने यात्रुहरूलाई वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरिएको छ।

काठमाडौं । बलियो न्यून चापीय प्रणाली भारतको उत्तर महाराष्ट्र तथा छत्तिसगढ प्रदेश आसपासको रहेको छ। यो प्रणाली उत्तर–पश्चिमतर्फ सर्दै आगामी १२ घण्टामा क्रमशः कमजोर हुने सम्भावना रहेको छ। जसको प्रभावले हाल देशभर अधिकांश बादल लागेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा धेरै स्थानमा तथा बागमती प्रदेशको केही स्थानमा साथै कोशी र मधेस प्रदेशको […]

दाङ । नेकपा (एमाले) दाङले पत्रकार शरदप्रसाद अधिकारी र अनिलकुमार आचार्यलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको जनाएको छ। एमाले दाङका नेता समेत रहेका अधिकारी र आचार्यले दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचनमा पार्टीको नीति तथा निर्णयविपरीत उम्मेदवारी दिएको भन्दै उनीहरूमाथि कारबाही गरिएको जनाइएको हो। दाङ जिल्ला उद्योग वाणिज्य संघको आगामी असोज ११ गते […]