दाङ । जिल्ला प्रशासन कार्यालय दाङले जिल्ला र आसपासका क्षेत्रमा निरन्तर वर्षा भइरहेको तथा बाढी, पहिरो र डुबानलगायतका विपद्जन्य जोखिम उत्पन्न हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै यात्रु तथा सवारीसाधनको सुरक्षा सुनिश्चित गर्न यस्तो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डेले जानकारी दिए।
कार्यालयले जारी गरेको सूचनामा अर्को सूचना जारी नभएसम्मका लागि दाङ जिल्लाभित्र सम्पूर्ण सवारीसाधनको आवागमनमा पूर्ण रूपमा रोक लगाइएको उल्लेख छ।
जिल्ला प्रशासन कार्यालयले सम्भावित विपद्को जोखिमलाई ध्यान दिँदै नागरिकलाई आवश्यक सतर्कता अपनाउन तथा प्रशासनको निर्देशन पालना गर्न आग्रह गरेको छ।