२३ बैशाख २०८३, बुधबार
06-05-2026 , Wed
×

बाँके सशस्त्र प्रहरी बल ३० गणपति एसपी बिमल डाँगीद्वारा नरैनापुरमा शैक्षिक सामाग्री वितरण

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, पुष २६, २०८१

 

बाँके । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेक्वा बागेश्वरीका प्रहरी उपरिक्षक बिमल डाँगीले सीमामा हुने विभिन्न खालका अपराधलाई नियन्त्रण गर्न सीमा सुरक्षालाई थप मजबुत बनाइने बताउनुभएको छ ।

सशस्त्र प्रहरी बल नेपाल न ३० हेक्वा बाँकेले नरैनापुर ४ मा रहेको नेपाल राष्ट्रिय प्राथमिक विद्यालय घोरदौरियामा आज बिहीबार आयोजना गरेको ‘सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रम अन्तर्गत शैक्षिक सामाग्री वितरण कार्यक्रममा बोल्दै उपरिक्षक डाँगीले सीमा इलाकामा बसोबास गर्ने नागरिकका सन्ततीहरुलाई शिक्षा प्रति आकर्षण गर्न शैक्षिक सामाग्री प्रदान गरिएको बताउनुभयो ।

उपरिक्षक डाँगीले सशस्त्र प्रहरीले सङ्गठनको नीति नियमलाई परिपालन गरि प्राप्त जिम्मेवारीको कुशलता पूर्वक पालना गर्दै आइरहेको बताउँदै उहाँले सधैँ आफ्नो दायित्व पूरा गर्न मातहतका सुरक्षा अधिकारीलाई निर्देशन दिनुभयो । उहाँले कर्तव्य प्राण, इमानदार र राष्ट्रियता प्रतिको सेवा भावले प्रेरित भई राष्ट्रसेवकहरूले कार्यक्षेत्रमा प्रस्तुत हुनुपर्ने बताउँदै जनता र विद्यार्थीका बिचमा अन्तरक्रिया सञ्चालन गर्न प्रहरीहरूलाई निर्देशन दिनुभयो ।

कार्यक्रममा बोल्दै नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले सीमा सुरक्षाका साथै समाजमा शान्ति सुव्यवस्था कायम गर्न सशस्त्र प्रहरीको अहम् भूमिका रहेको बताउनुभयो । उहाँले सशस्त्र प्रहरीले विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण गरेर विद्यार्थीहरूलाई हौसला प्रदान गरेको भन्दै प्रशंसा गर्नुभयो । उहाँले जन प्रतिनिधि, जनता र प्रहरी मिलेर अगाडि बढ्न सके नरैनापुरको शिक्षा, स्वास्थ्य, विकास लगायतको कामलाई सफल बनाउन समय नलाग्ने भएकोले प्रहरीहरूलाई सडक सुरक्षा सँगै शैक्षिक स्तर माथि उकास्नका लागि भूमिका निर्वाह गरी दिन आग्रह गर्नुभयो । अध्यक्ष शाहले स्थानीय तहलाई छाडा चौपाया व्यवस्थापन गर्न मुख्य चुनौती रहेको जिकिर गर्नुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बागलुङ । नगरपालिका–१३ नयाँपुलका लीलाधर जैसीको केरा बारीमा हिजोआज दिनकै बजारका व्यापारीको बास हुन्छ। स्थानीय जातका केराको खोजीमा बागलुङ र कुश्मा बजारका व्यापारी दिनदिनै उहाँको बारी धाउँछन्। पछिल्लो छ महिनायता लीलाधर र उहाँको गाउँका किसानले केरा बेच्नका लागि बजार जानु परेको छैन। घरघरमै दिनदिनै आउने व्यापारीले केरा आफैँ खोज्छन्, आफैँले काट्छन् र गन्ती गरेपछि केराकै […]

काठमाडौं । सशस्त्र प्रहरी बल, प्रधान कार्यालयले आज सूचना जारी गर्दै उनीहरुलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन आग्रह गरेको छ। उनीहरु नेपालका विभिन्न इकाइबाट बिदा तथा आफूखुसी लाइन ब्यारेक छाडी भागि गैर हाजिर रहेको सूचनामा उल्लेख छ। ‘गैर हाजिर रहेकाहरू कुनै पनि किसिमको सम्पर्कमासमेत नरहेकाले यो सूचना प्रकाशित भएको मितिले बाटोको म्यादबाहेक सात दिनभित्र गैर हाजिर […]

काठमाडौँ। स्वदेशमै केही गर्ने चाहना बोकेर राजधानी छिरेका दाङ घोराहीका ३७ वर्षीय ध्रुव विशाल अन्ततः दुबई उड्ने तयारीमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन्। उनको अनुहारमा उत्साहभन्दा बढी थकान र निराशा झल्किन्छ। “फोहर उठाउनेदेखि होटलमा वेटरको कामसम्म गरें,” उनले सुनाए, “तर कामअनुसारको पारिश्रमिक पाइएन, तलब पनि समयमा आएन। परिश्रमको मूल्य नै पाइएन, त्यसैले विदेशिन लागेको हुँ।” […]

error: Content is protected !!