१२ आश्विन २०८३, सोमबार
28-09-2026 , Mon
×

रास्वपा सभापति रवि लामिछाने आइतबार जिल्ला अदालत काठमाण्डूमा उपस्थित हुने,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, पुष २६, २०८१

 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सहयोगी दीपक बोहराले कास्कीमा आवश्यक कानूनी प्रक्रिया पुरा गरी उनी काठमाण्डु जाने क्रममा रहेको र आइतबार मात्र अदालतमा उपस्थित हुने जानकारी दिएका छन् ।

‘रवि दाइका अनुसार उहाँ कास्कीमा आवश्यक कानुनी कार्यहरू सकेर काठमाडौंतर्फ जाने क्रममा हुनुहुन्छ,’ बोहराले फेसबुकमा लेखेका छन्, ‘सम्बन्धित निकायहरूसँगको सम्पर्क र समन्वयमा आइतबार बिहानै ८ः३० मा नै काठमाण्डू जिल्ला अदालतमा हाजिर हुनुहुनेछ ।’

पोखरास्थित सूर्यदर्शन सहकारीको बचत अपचलनको आरोपमा गत २ कात्तिकमा पक्राउ परेका लामिछानेलाई कास्की जिल्ला अदालतले बिहीबार ६५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । बिहीबारै धरौटी बराबरको बैंक ग्यारेण्टी बुझाएर लामिछाने हिरासत मुक्त भएका थिए ।

प्रहरीले लामिछानेसहित ३९ जनाविरुद्ध काठमाण्डूको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन कसुरमा जिल्ला अदालतमा मुद्धा दायर गरिसकेको छ ।
बिहीबार रिहा भएलगत्तै पक्राउ गरेर काठमाण्डू ल्याउने तयारी भए पनि पछि आफैं उपस्थित हुने गरी छाडिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । राप्ती गाउँपालिका वडा नम्बर ४ मौरीघाट पेट्रोल पम्प नजिक बाइक र अटो ठोक्किएका छन्। दुर्घटनामा बाइकमा सवार दुईजना घाइते भएका छन्। घाइते दुवैलाई उपचारका लागि भालुवाङ स्वास्थ्य चौकी पठाइएको छ। थप विवरण आउन बाँकी छ।

चितवन । नारायणीको बाढीले नदी किनारमा बाँधेर राखिएको क्रुजसिप बगाएको छ। बगेर आएको घरजत्रो क्रुजसिप नारायणी पुलको गैंडाकोटतर्फको भागमा अड्किएको छ। क्रुजसिप पुलमुनि अड्किँदा पुल थप जोखिममा परेको छ।

पाल्पा । अविरल वर्षासँगै कालीगण्डकी नदीको बहाव बढेपछि पाल्पाको प्रमुख पर्यटकीय स्थल रानीमहल क्षेत्र डुबानमा परेको छ । नदीको सतह बढ्दा रानीमहल दरबारसहित आसपासका आधा दर्जन होटल, रिसोर्ट तथा पसल प्रभावित भएका छन् । स्थानीयका अनुसार हरेक वर्ष बाढी र नदी कटानले रानीमहल जोखिममा पर्दै आएको छ । दरबारको जगसमेत नदी कटान र पहिरोका कारण […]