११ आश्विन २०८३, आइतबार
27-09-2026 , Sun
×

कांग्रेस र एमालेको गठबन्धन सरकार अब धेरै दिन नचल्ने नेकपा केन्द्रका अध्यक्ष प्रचण्डको दावी

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, पुष २६, २०८१

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेस र नेकपा (एमाले) को गठबन्धन अप्राकृतिक रहेको टिप्पणी गर्दै अब नचल्ने दावी गरेका छन् ।

सिंहदरबारमा आज (शुक्रबार) नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग छलफलपछि पत्रकारहरूको प्रश्नमा जबाफ दिँदै पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले भने, ‘यो गठबन्धन अप्राकृतिक, अलोकतान्त्रिक र अपारदर्शी छ भन्ने कुरा मैले गम्भीर रूपले संसदमै र बाहिर पनि स्पष्ट रुपमा भनेको तपाईंहरूले सुन्नु भएकै छ । अप्राकृतिक ढंगले अब यो चल्दैन ।’

अध्यक्ष प्रचण्डले समाजवादी मोर्चालाई सक्रिय बनाउनेबारे बिहीबार र शुक्रबार छलफल गरिएको बताएका छन् । समाजवादी मोर्चाको बैठक माघ २ गते बस्ने पनि अध्यक्ष प्रचण्डको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । भाइरल डाँडानजिक पहिरो खस्दा दाङ-कपिलवस्तु सडक खण्ड अवरुद्ध भएको छ। लगातारको वर्षाका कारण पहिरो खसेको र सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। यस सडक भएर यात्रा गर्ने यात्रुहरूलाई वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरिएको छ।

काठमाडौं । बलियो न्यून चापीय प्रणाली भारतको उत्तर महाराष्ट्र तथा छत्तिसगढ प्रदेश आसपासको रहेको छ। यो प्रणाली उत्तर–पश्चिमतर्फ सर्दै आगामी १२ घण्टामा क्रमशः कमजोर हुने सम्भावना रहेको छ। जसको प्रभावले हाल देशभर अधिकांश बादल लागेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा धेरै स्थानमा तथा बागमती प्रदेशको केही स्थानमा साथै कोशी र मधेस प्रदेशको […]

दाङ । नेकपा (एमाले) दाङले पत्रकार शरदप्रसाद अधिकारी र अनिलकुमार आचार्यलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको जनाएको छ। एमाले दाङका नेता समेत रहेका अधिकारी र आचार्यले दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचनमा पार्टीको नीति तथा निर्णयविपरीत उम्मेदवारी दिएको भन्दै उनीहरूमाथि कारबाही गरिएको जनाइएको हो। दाङ जिल्ला उद्योग वाणिज्य संघको आगामी असोज ११ गते […]