१२ आश्विन २०८३, सोमबार
28-09-2026 , Mon
×

राष्ट्रपति रामचन्द्र पौडेलबाट पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण

Logo
Abc Sanchar प्रकाशित शनिबार, पुष २७, २०८१

 

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ३०३ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस अवसरमा सिंहदरबारको मूलगेट अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका छन् ।

राष्ट्रपति पौडेलले आज बिहान नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०३ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको सन्दर्भमा सिंहदरबार पश्चिम गेट पुगेर पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका हुन् । प्रमुख प्रशासनिक भवन सिंहदरबारको पश्चिम मूलगेटमास्थित पृथ्वीनारायण शाहको शालिक रहेको स्थानमा आयोजित कार्यक्रममा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो ।
‘पृथ्वीनारायण शाहका दिव्योपदेशहरू राष्ट्र निर्माणका लागि मार्गदर्शक’
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहका दिव्योपदेशहरू अर्थतन्त्र निर्माण, राष्ट्रप्रेम, छिमेकी राष्ट्रहरूसँग कूटनैतिक सम्बन्ध निर्माणका लागि मार्गदर्शक भएको बताएका छन् । राष्ट्रिय एकता दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै उनले स–साना राज्यमा छरिएर रहेको नेपाल हालको अवस्थासम्म आइपुग्न हाम्रा धेरै पूर्वजहरूले पुर्‍याएको योगदानलाई हामीले बिर्सन हुँदैन स्पष्ट गरेका छन् ।

पृथ्वीनारायण शाहले स–साना टुक्रामा छरिएर रहेका राज्यहरूलाई एकीकरण गरेर आधुनिक नेपाल राष्ट्रको निर्माण गरेको र सो अभियानलाई इतिहासको विभिन्न कालखण्डमा हाम्रा वीर पुर्खाहरूले निरन्तरता दिएको कारणले हामीले आज सार्वभौम र स्वतन्त्र नेपाल भनेर गर्व गर्न पाएका छौँ’, राष्ट्रपति पौडेलले आफ्नो सन्देशमा भनेका छन्, ‘यही आधारभूमीमा टेकेर हामीले नेपाललाई स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवाद उन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य भनेर घोषणा गरिसकेका छौँ । स–साना राज्यमा छरिएर रहेको नेपाल हालको अवस्थासम्म आइपुग्न हाम्रा धेरै पूर्वजहरूले पुर्‍याएको योगदानलाई हामीले बिर्सन हुँदैन ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । राप्ती गाउँपालिका वडा नम्बर ४ मौरीघाट पेट्रोल पम्प नजिक बाइक र अटो ठोक्किएका छन्। दुर्घटनामा बाइकमा सवार दुईजना घाइते भएका छन्। घाइते दुवैलाई उपचारका लागि भालुवाङ स्वास्थ्य चौकी पठाइएको छ। थप विवरण आउन बाँकी छ।

चितवन । नारायणीको बाढीले नदी किनारमा बाँधेर राखिएको क्रुजसिप बगाएको छ। बगेर आएको घरजत्रो क्रुजसिप नारायणी पुलको गैंडाकोटतर्फको भागमा अड्किएको छ। क्रुजसिप पुलमुनि अड्किँदा पुल थप जोखिममा परेको छ।

पाल्पा । अविरल वर्षासँगै कालीगण्डकी नदीको बहाव बढेपछि पाल्पाको प्रमुख पर्यटकीय स्थल रानीमहल क्षेत्र डुबानमा परेको छ । नदीको सतह बढ्दा रानीमहल दरबारसहित आसपासका आधा दर्जन होटल, रिसोर्ट तथा पसल प्रभावित भएका छन् । स्थानीयका अनुसार हरेक वर्ष बाढी र नदी कटानले रानीमहल जोखिममा पर्दै आएको छ । दरबारको जगसमेत नदी कटान र पहिरोका कारण […]