१२ आश्विन २०८३, सोमबार
28-09-2026 , Mon
×

पर्सा प्रहरीले ९ किलो ९ सय ग्राम लागुऔषध चरेस बरामद

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, पुष २७, २०८१

 

पर्सा । पटेर्वासुगौली गाउँपालिका–५ देउरियाबाट प्रहरीले ९ किलो ९ सय ग्राम लागुऔषध चरेस बरामद गरेको छ। शुक्रबार राति करिब पौने ९ बजे इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक प्रकाश थापाको नेतृत्वमा खटिएको गस्ती टोलीले गहुँखेतमा फालिएको अवस्थामा उक्त लागुऔषध फेला पारेको हो।

प्रहरी निरीक्षक थापाका अनुसार गस्तीका क्रममा मोटरसाइकलमा आएका एक अपरिचित व्यक्तिले गहुँखेतमा बोराको पोका फालेर मोटरसाइकलमै भागेका थिए। बोराको पोका खोलेर हेर्दा १८ वटा साना पोकामा चरेस रहेको र नापतौल गर्दा ९ किलो ९ सय ग्राम रहेको पुष्टि भएको छ।

चरेस कसको हो र कहाँ लग्न खोजिएको थियो भन्नेबारे अनुसन्धान जारी रहेको प्रहरी निरीक्षक थापाले जानकारी दिएका छन्। यस घटनाले लागुऔषध तस्करीका गतिविधिहरूप्रति थप सतर्कता आवश्यक रहेको संकेत गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । राप्ती गाउँपालिका वडा नम्बर ४ मौरीघाट पेट्रोल पम्प नजिक बाइक र अटो ठोक्किएका छन्। दुर्घटनामा बाइकमा सवार दुईजना घाइते भएका छन्। घाइते दुवैलाई उपचारका लागि भालुवाङ स्वास्थ्य चौकी पठाइएको छ। थप विवरण आउन बाँकी छ।

चितवन । नारायणीको बाढीले नदी किनारमा बाँधेर राखिएको क्रुजसिप बगाएको छ। बगेर आएको घरजत्रो क्रुजसिप नारायणी पुलको गैंडाकोटतर्फको भागमा अड्किएको छ। क्रुजसिप पुलमुनि अड्किँदा पुल थप जोखिममा परेको छ।

पाल्पा । अविरल वर्षासँगै कालीगण्डकी नदीको बहाव बढेपछि पाल्पाको प्रमुख पर्यटकीय स्थल रानीमहल क्षेत्र डुबानमा परेको छ । नदीको सतह बढ्दा रानीमहल दरबारसहित आसपासका आधा दर्जन होटल, रिसोर्ट तथा पसल प्रभावित भएका छन् । स्थानीयका अनुसार हरेक वर्ष बाढी र नदी कटानले रानीमहल जोखिममा पर्दै आएको छ । दरबारको जगसमेत नदी कटान र पहिरोका कारण […]