११ आश्विन २०८३, आइतबार
27-09-2026 , Sun
×

सोमबार तपाईहरुको राशिफल 

Logo
सागर थापा प्रकाशित सोमबार, पुष २९, २०८१

 

मेष राशि -आज ऊर्जा र उत्साहले भरिपूर्ण हुनेछ ।आर्थिक पक्ष सुधार हुनेछ। नयाँ काममा हात हाल्न सकिन्छ। साथीभाइ र परिवारको सहयोग मिल्नेछ। प्रेम सम्बन्ध प्रगाढ हुनेछ।

वृष राशि-आफ्नो बोली र व्यवहारले मानिसहरूलाई प्रभावित पार्नुहुनेछ। यात्राको सम्भावना छ। स्वास्थ्य सामान्य रहनेछ। मिष्ठान्न भोजन प्राप्त होला ।

मिथुन राशि -काममा प्रगति हुनेछ। पारिवारिक जिम्मेवारी बढ्ने सम्भावना छ। मन खिन्न होला । थकान महशुस हुनेछ ।

कर्कट राशि -पुराना समस्याहरू समाधान हुनेछन्। आर्थिक लाभ हुने संकेत छ। आत्मविश्वास बढ्नेछ।तपाईको कार्य क्षेमताको प्रसंसा बढ्नेछ ।

सिंह राशि -तपाईंको कार्यक्षमतामा निखार आउला ।नेतृत्व क्षमता बढ्नेछ ।पारिवारिक साथ र सहयोगले प्रेरणा मिल्नेछ। यात्राको सम्भावना छ।

कन्या राशि -आर्थिक पक्षमा सुधार आउनेछ। व्यावसायिक क्षेत्रमा सफलता प्राप्त हुनेछ ।अध्ययनमा सफलता मिल्नेछ।विद्यार्थीका लागि उपयोगि दिन बन्नेछ।

तुला राशि -आजको दिन साथीहरूसँग समय बिताउन उपर्युक्त हुनेछ ।मनोरन्जनमा दिन वित्ला ।नयाँ योजनामा हात हाल्न सक्नुहुन्छ। स्वास्थ्य सामान्य रहनेछ।वैदेशिक योजनाहरु बन्नेछन् ।

वृश्चिक राशि -कार्य सफलता को योग रहेको छ ।आत्मविश्वासले भरिएको समय छ। नयाँ योजना सफल हुने सम्भावना छ।स्वास्थ्यमा भने ख्याल राख्नु होला ।

धनु राशि -सामाजिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। पारिवारिक जीवनमा सुख-शान्ति छाउनेछ।व्यवसायिक सफलता मिल्नेछ ।मन प्रसन्न होला ।

मकर राशि -आफ्नो विचार प्रस्ट संग राख्ने समय रहेको छ ।आर्थिक लाभको संकेत छ। पारिवारिक सम्बन्ध प्रगाढ हुनेछ।चिताएका कार्यहरु पूर्ण हुनेछन् ।

कुंभ राशि-काममा ध्यान दिनुपर्ने समय हो। नयाँ अवसरहरू आउनेछन्। स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ।

मीन राशि -आजको दिन यात्रा र अध्ययनका लागि उपयुक्त छ। प्रेम सम्बन्धमा सुधार आउनेछ। आत्मबल उच्च राख्नुहोस्।

ज्योतिषाचार्य तथा वास्तुविद् माधवा शर्मा ।सचिव – नेपाल ज्योतिष परिषद् लुम्बिनी प्रदेश
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपूर क लाईन दाङ ।
फोन नं – 9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । भाइरल डाँडानजिक पहिरो खस्दा दाङ-कपिलवस्तु सडक खण्ड अवरुद्ध भएको छ। लगातारको वर्षाका कारण पहिरो खसेको र सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। यस सडक भएर यात्रा गर्ने यात्रुहरूलाई वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरिएको छ।

काठमाडौं । बलियो न्यून चापीय प्रणाली भारतको उत्तर महाराष्ट्र तथा छत्तिसगढ प्रदेश आसपासको रहेको छ। यो प्रणाली उत्तर–पश्चिमतर्फ सर्दै आगामी १२ घण्टामा क्रमशः कमजोर हुने सम्भावना रहेको छ। जसको प्रभावले हाल देशभर अधिकांश बादल लागेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा धेरै स्थानमा तथा बागमती प्रदेशको केही स्थानमा साथै कोशी र मधेस प्रदेशको […]

दाङ । नेकपा (एमाले) दाङले पत्रकार शरदप्रसाद अधिकारी र अनिलकुमार आचार्यलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको जनाएको छ। एमाले दाङका नेता समेत रहेका अधिकारी र आचार्यले दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचनमा पार्टीको नीति तथा निर्णयविपरीत उम्मेदवारी दिएको भन्दै उनीहरूमाथि कारबाही गरिएको जनाइएको हो। दाङ जिल्ला उद्योग वाणिज्य संघको आगामी असोज ११ गते […]