११ आश्विन २०८३, आइतबार
27-09-2026 , Sun
×

आफ्नै बुहारीको हत्या गरी फरार भएकी सासु खातुन पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, पुष २९, २०८१

 

काठमाडौं । प्रहरीका अनुसार खातुनले २०७७ साल जेठ ८ गते आफ्नै छोरा मो. इन्ताज चुडिहारकी २२ वर्षीय श्रीमती निसनारा खातुनलाई हत्या गरेकी थिइन् ।

प्रहरीले उपलब्ध गराएको घटनाको विवरण अनुसार, पारिवारिक विवादकै कारण सायरा खातुनले निसनारा खातुनलाई कुटपिट गर्दै मुखमा कपडा कोचेर हत्या गरेकी थिइन् । घटनापश्चात् उनी फरार भएकाले प्रहरीको लागि खोजीको विषय बनेकी थिइन् ।

रौतहट प्रहरीको विशेष टोलीले गोप्य सूचनाको आधारमा खातुनको खोजी जारी राखेको थियो । अन्ततः पुस २६ गते गढीमाई नगरपालिका–२ समनपुरस्थित एक स्थानबाट उनलाई पक्राउ गर्न सफल भएको हो ।

पक्राउपछि रौतहट जिल्ला अदालतबाट म्याद लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । प्रहरीले घटनाको मुख्य कारण र अन्य सम्भावित संलग्नताबारे समेत अनुसन्धान गरिरहेको छ ।

घटनाले स्थानीयवासीमा चर्चा सिर्जना गरेको छ । पारिवारिक हिंसाले यसरी दुःखद परिणाम निम्त्याएको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् । साथै, प्रहरीले लामो समयपछि फरार अभियुक्तलाई पक्राउ गर्न सफल भएको भन्दै सराहना पनि गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । भाइरल डाँडानजिक पहिरो खस्दा दाङ-कपिलवस्तु सडक खण्ड अवरुद्ध भएको छ। लगातारको वर्षाका कारण पहिरो खसेको र सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। यस सडक भएर यात्रा गर्ने यात्रुहरूलाई वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरिएको छ।

काठमाडौं । बलियो न्यून चापीय प्रणाली भारतको उत्तर महाराष्ट्र तथा छत्तिसगढ प्रदेश आसपासको रहेको छ। यो प्रणाली उत्तर–पश्चिमतर्फ सर्दै आगामी १२ घण्टामा क्रमशः कमजोर हुने सम्भावना रहेको छ। जसको प्रभावले हाल देशभर अधिकांश बादल लागेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा धेरै स्थानमा तथा बागमती प्रदेशको केही स्थानमा साथै कोशी र मधेस प्रदेशको […]

दाङ । नेकपा (एमाले) दाङले पत्रकार शरदप्रसाद अधिकारी र अनिलकुमार आचार्यलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको जनाएको छ। एमाले दाङका नेता समेत रहेका अधिकारी र आचार्यले दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचनमा पार्टीको नीति तथा निर्णयविपरीत उम्मेदवारी दिएको भन्दै उनीहरूमाथि कारबाही गरिएको जनाइएको हो। दाङ जिल्ला उद्योग वाणिज्य संघको आगामी असोज ११ गते […]