०६ आश्विन २०८३, मंगलबार
22-09-2026 , Tue
×

सरकारी गाडी पिकनिको लागि प्रयोग

Logo
प्रकाशित आइतबार, मंसिर २२, २०७६

महेन्द्र सिंह
दाङ,मंसिर २२ दाङको बबई गाउँपालिकाकाको सरकारी गाडी पिकनिक खान जाँदापनि दुरुपयोग गर्ने गरिएको छ । जनताको खुन पसिनाबाट संकलित करवाट खरिद गरिएको सरकारी गाडी सार्वजनिक विदाको दिनमा समेत गाउँपालिकाका अध्यक्ष भूवनेश्वर पौडेलसहितका जनप्रतिनिधिहरुले पिकनिक खान जाने साधनको रुपमा दुरुपयोग गरेको प्रमाण फेला परेको छ ।
शनिवार गाउँपालिकाको वडा नं. ५ स्थित पुरन्धारा झरनामा वनभोज खान गाउँपालिकाका अध्यक्ष लगाएका जनप्रतिनिधि सरकारी गाडी लगेर गएको पाइएको छ ।
त्यो पिकनिक मदिरा पार्टी सहितको रहेको खुल्न आएको छ । वनभोज सकेर फर्किदै गरेको गाउँपालिकाका अध्यक्ष सवार गाडीले पैदल हिडिरहेकी बबई ५ जलुेकी निवासी देवीकला भण्डारीलाई ठक्कर दिएर घाइते बनाएको छ । भण्डारीको दाहिने खुट्टामा गाडीको टायरले किचिदिएको छ ।
वनभोज पछि फर्किदै गर्दा रेडियो हापुरेका स्टेसन म्यानेजर अर्जुन परियाले चलाएको गाडीले आफुलाई ठक्कर दिएको भण्डारीले निवेदनमा उल्लेख गरेकी छन् । कतिपय स्थानीयले परियारले सवारी चालक अनुमति पत्र (लाईसेन्स) समेत प्राप्त नगरेको भएपनि जोर जवरजस्ती गाडी चलाएको बताएका छन् ।
भण्डारीले प्रहरीलाई दिएको निवेदनमा पनि गाडी चालकले अत्यधिक मदिरा सेवन गरेको हुँदा उनले गाडी चलाउन नसकेपछि सञ्चारकर्मी परियारले गाडी चलाएको कुरा उल्लेख गरेकी छन् ।
भण्डारी घाइते भएपछि उनीसंगै वनभोजमा गएकाहरुले गाउँपालिकाको रा १ झ १५० नम्वरको सरकारी गाडी तोडफोड गरिदिएका छन् । शनिवार बेलुका ४ बजेतिर पैदल हिडिरहेकी भण्डारीलाई गाडीले किचेपछि नजिकै पिकनिकमा खान गएकाहरुले गाडी तोडफोड गरेको प्रत्यक्षदर्सीले बताएका छन् । त्यहाँ शनिवार नेपाली काँग्रेसका स्थानीय नेता कार्यकर्ता समेत छुट्टै पिकनिक खान गएको घटनाका एक प्रत्यक्षदर्सीले बताए । भण्डारी घाइते भएपछि नेपाली काँग्रेसका नेता कार्यकर्ता विरोधमा उत्रिएको तथा केहीले गाडीमा ढुङ्गा समेत हानेको उनले बताए । तर काँग्रेसका नेताहरुले भने आक्रोसित स्थानीयले मात्रै गाडी तोडफोड गरेको जिकिर गरे ।
त्यही क्रममा मातेका चालकले जसोतसो गाडी भगाउन खोज्दा गाडी फेरि अनियन्त्रित भएर अर्कौ कलभर्टमा ठोक्काएको हुँदा गाडीको अगाडि भागमा केही क्षति पुगेको अर्का एक प्रत्यक्षदर्सीले दाबी गरे ।
त्यसपछि लगतै त्यहाँ दुई गाडी सुरक्षाकर्मी पुगेर गाडी नियन्त्रणमा लिएका थिए । मदिरा सेवन गरेका भनिएका चालक भने फरार भएको र खोजी भइरहेको प्रहरीले बताएको छ ।
ईलाका प्रहरी कार्यालय पञ्चकुलेवाट प्रहरी पुगेर गाडी नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी विनोद विक्रम शाहले जानकारी दिए ।उनले कोही कसैलाई नियन्त्रणमा राखेको बारे केही जानकारी दिएनन् । घटनावारे आइतवार छलफल गरेर दोषीलाई कारवाही गर्ने दृढता डिएसपी शाहले व्यक्त गरे ।
घटनावारे बुझ्न खोज्दा गाउँपालिकाका अध्यक्ष भूवनेश्वर पौडेल भने सम्पर्कमा आउन चाहेनन् । यो खवर तयार पार्दासम्म घाइते महिला देवीकला भण्डारीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको जानकारी दिइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला प्रहरी कार्यालय बाँके कार्यसम्पादन मूल्याङ्कनमा लगातार तेस्रो महिनासमेत देशभरकै उत्कृष्ट बनेको छ। ‘क’ श्रेणीमा रहेका १२ जिल्ला प्रहरी कार्यालयमध्ये बाँकेले असार, साउन र भदौमा लगातार पहिलो स्थान हासिल गरेको हो। प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो नौ महिनाको मूल्याङ्कनमा बाँके पाँचपटक प्रथम र एकपटक दोस्रो भएको छ। यसअघि चैत र वैशाखमा पनि बाँके […]

सिरहा । विभिन्न व्यक्ति तथा समुदायविरुद्ध सामाजिक सञ्जालमार्फत आपत्तिजनक, आधारहीन तथा भ्रामक सामग्री सम्प्रेषण गरी चरित्रहत्या र सामाजिक शान्ति भंग गर्न खोजेको आरोपमा सिरहाका एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा लहान नगरपालिका–२४ का मनोजकुमार महतो ‘मनोज मानव’ रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। प्रहरीका अनुसार महतोविरुद्ध विभिन्न व्यक्ति, व्यवसायी, जनप्रतिनिधि, पत्रकार, नेता तथा […]

दाङ । घोराहीबाट लमही जाने सडकखण्ड अन्तर्गत बेल्दमारको पहिलो घुम्तीनेर रातिको समयमा पाटे बाघ देखिएको छ। ट्रकलाई ओभरटेक गर्ने क्रममा पाटे बाघले झम्टिनबाट मुस्किलले ज्यान जोगिएको प्रत्यक्षदर्शीले बताएका छन्। साँझपख उक्त सडकखण्डमा यात्रा गर्दा विशेष सावधानी अपनाउन दाङ प्रहरीले सबैमा अनुरोध गरेको छ।