२३ बैशाख २०८३, बुधबार
06-05-2026 , Wed
×

मंगलबार तपाईहरुको राशिफल,

Logo
Abc Sanchar प्रकाशित मंगलबार, माघ ०१, २०८१

मेष राशि – आजको दिन शुभफलदायक रहनेछ । स्वादिष्ट भोजन प्राप्त होला ।पराक्रम बढ्नेछ ।सामाजीक कार्यमा रुचि वढ्ला ।अतिथिको स्वागत् सत्कार गर्नु पर्ला । व्यवसायिक सफलता मिल्नेछ । दिन रमाईलो संग बित्नेछ ।

बृष राशि – घरमा अतिथीको आगमन हुनेछ ।शुभ कार्यको चर्चा चल्ला ।रोकिएका कार्यहरु पून: सुचारु हुनेछन् ।पारिवारिक साथले मन प्रसन्न हुनेछ । कुटनितिक सफलता मिल्नेछ ।

मिथुन राशि – आज नयाँ कार्यका योजनाहरु बन्नेछन् ।मान सम्मान बृद्दि होला ।साथीभाई संग रमाईलो भेटघाट हुनेछ ।पारिवारिक सद्भाव वढ्नेछ ।चिताएको कार्यले तिव्रता प्राप्त गर्नेछ ।वैदेशिक कार्यहरु अगाडि बढ्नेछन् ।

कर्कट राशि -आज कुनैपनि कुराले मनमा शान्ति छाउला ।सोचेअनुरप कार्य अगाडि वढ्नाले मनमा हर्ष छाउँला | आर्थिक लाभ हुनेछ ।संगितमा रुचि वढ्नेछ । पारिवारीक जमघटले मनमा आनन्द छाउला ।कला क्षेत्रमा रुचि वढ्नेछ।शेयर मार्केटमा सफलता मिल्ला ।

सिंह राशि -धैर्य र पराकर्म द्वारा कार्य सफल हुनेछन् खानपानमा अलिक ध्यान दिनुपर्नेछ।व्यवसामा सफलता मिल्नेछ आफ्ना गोप्य योजनाहरु नखोल्नुनै उत्तम हुनेछ ।अनावश्यक खर्च बाट बच्नुहोला ।

कन्या राशि-किर्तिमानि कायम हुने समय रहेको छ।मित्रवाट सहयोग प्राप्त हुनेछ ।महत्वपूर्ण कार्यको थालनि हुनेछ ।आकस्मिक धन लाभ हुनेछ ।रोजगारका अवसर मिल्नेछन् ।रोकिएका कार्यहरु पून: सुचारु हुनेछन् ।सामाजीक तथा धार्मिक कार्यमा रुची बढ्ला ।

तुला राशि – मनमा उत्साह एवं बाणिको प्रभाव वढ्ने समय रहेको छ ।महिला वा मित्रवाट सहयोग प्राप्त हुनेछ ।घरमा अतिथिको स्वागत् सत्कार गर्ने अवसर प्राप्त हुनेछ ।आज जोस जाँगर र हिम्मत बढ्नेछ ।केहीँ उपहार प्राप्त गर्ने समय रहेको छ ।गरेका कार्यहरुमा सफलता मिल्ला । सोचेअरुप कार्यले तिब्रता पाउनेछ ।नयाँ जिम्वेवारी प्राप्त हुन सक्छ ।

बृश्चिक राशि -आटेका कार्यहरु सफल हुनेछन् । प्रेम सम्वन्धमा सुधार हुनेछ आर्थिक उन्नति वढनेछ ।आत्मवल अलि बढाएर अगाडि वढ्नुपर्ने दिन रहेको छ । आफन्तजन संगको भेटघाटले परीवारिक सुमधुरता कायम हुनेछ ।

धनु राशि – विपरीत वर्गप्रति आकर्षण वढ्नेछ । नयाँ ज्ञान सिक्ने मौका प्राप्त होला ।कार्यहरु सफल हुनेछन् ।व्यवसायमा सफलता मिल्नेछ ।प्रेम सम्बन्ध कसिलो हुनेछ ।मनोरन्जनमा दिन बित्नेछ ।स्वास्थ्यमा अलिक सजगता अपनाउनु पर्नेछ ।

मकर राशि – आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।मनमा शान्ति छाउला ।शुभ समाचार सुन्न पाईएला ।आयआर्जनका स्रोतहरु बढ्नेछन् । व्यवसाय फस्टिदै जानेछ ।पारिवारिक साथ भने प्राप्त होला । वाणिमा मिठास छाउला । कुटुम्व बृद्दि हुनेछन् ।स्वास्थ्यमा भने ख्याल गर्नु पर्नेछ ।

कुम्भ राशि -दैनिक कार्यमा प्रगति हुनेछ ।शुभ समाचार सुन्न पाईएला ।रमाईलो यात्राको सम्भावना वढ्ला ।आज धैर्य एवं लगनशीलताले अवसरहरु प्रदान गर्नेछ।नयाँ अवसरहर प्राप्त हुनेछन् ।पारिवारीक सद्भाव मिल्नेछ ।

मिन राशि – आफन्तसंगको विशेष भेटघाट हुनेछ।अधुरा कार्यहरु पून: सुचारु हुनेछन् ।विद्यार्थीका लागि महत्वपूर्ण दिन रहला ।व्यवसायमा सोचेअनुरुप सफलता मिल्नेछ ।वैदेशिक सफलता मिल्नेछ ।मान सम्मान वढ्ला ।

ज्योतिषाचार्य तथा वास्तु विद् – माधवा शर्मा ।
सचिव -नेपाल ज्योतिष परिषद् लुम्विनी प्रदेश ।
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपूर क लाईन जेसिस चोक दाङ ।
फोन नं -9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सशस्त्र प्रहरी बल, प्रधान कार्यालयले आज सूचना जारी गर्दै उनीहरुलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन आग्रह गरेको छ। उनीहरु नेपालका विभिन्न इकाइबाट बिदा तथा आफूखुसी लाइन ब्यारेक छाडी भागि गैर हाजिर रहेको सूचनामा उल्लेख छ। ‘गैर हाजिर रहेकाहरू कुनै पनि किसिमको सम्पर्कमासमेत नरहेकाले यो सूचना प्रकाशित भएको मितिले बाटोको म्यादबाहेक सात दिनभित्र गैर हाजिर […]

काठमाडौँ। स्वदेशमै केही गर्ने चाहना बोकेर राजधानी छिरेका दाङ घोराहीका ३७ वर्षीय ध्रुव विशाल अन्ततः दुबई उड्ने तयारीमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन्। उनको अनुहारमा उत्साहभन्दा बढी थकान र निराशा झल्किन्छ। “फोहर उठाउनेदेखि होटलमा वेटरको कामसम्म गरें,” उनले सुनाए, “तर कामअनुसारको पारिश्रमिक पाइएन, तलब पनि समयमा आएन। परिश्रमको मूल्य नै पाइएन, त्यसैले विदेशिन लागेको हुँ।” […]

दाङ । अदालतबाट फैसला भइसकेपछि फरार रहेका प्रतिवादीहरूलाई पक्राउ गर्ने अभियानलाई तीव्र बनाउँदै प्रहरीले एक सातामा १२ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहतका इकाइबाट खटिएको टोलीले वैशाख १५ गतेदेखि २१ गतेसम्म सञ्चालन गरेको विशेष खोजतलास अभियानका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो। प्रहरीका अनुसार विभिन्न मुद्दामा दोषी ठहर भई लामो समयदेखि फरार […]

error: Content is protected !!