२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

बाँकेमा एसपी तुलबहादुर कार्की आएपछी पौष महिनासम्म अपराध कारवाहीहरु सार्वजनिक,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, माघ ०२, २०८१

 

बाँके । नेपालगन्ज जिल्ला प्रहरी कार्यालय बाँकेमा एसपी तुलबहादुर कार्की आएदेखि २०८१ पौष महिनासम्म अपराध अनुसन्धान कारवाही धमाधम गरिएको छ ।
➤ जमिन मुनिबाट सुन निकालिदिन्छु भनि २ करोड ठगी गर्ने मानिसलाई पक्राउ गरी कानूनी प्रक्रिया अगाडी बढाईएको छ ।
➤ हराएका ४ वटा मोटरसाईकल र १० थान मोबाईल फेला पारि सम्बन्धित धनिलाई बुझाईएको छ ।
➤ ६५ जना फरार अपराधी पक्राउ गरियो जसबाट १९ बर्ष ४ महिना २७ दिन कैद रु.५१ लाख ५५ हजार १३ जरिवाना असूल उपर गरिएको छ ।
➤ जम्मा ११७ वटा मुद्दा दर्ता भएकोमा १२१ जना ब्यक्तीहरुलाई पक्राउ गरी कानूनी दायरामा ल्याईएको छ । ५३ वटा पेण्डिङ मुद्दाहरु फछर्छौट गरिएको छ ।
➤ ठाडो उजुरी ६८१ वटा प्राप्त भएकोमा ६६८ फछर्छौट भएको र १३ वटा बाँकी निबेदन फछर्छौट प्रक्रियामा रहेको छ ।
➤ लागू औषध ओसारपसार बिरुद्ध योजनाबद्ध रुपमा प्रहरी परिचालन गरी २६८ ग्राम ५६ मिलिग्राम ब्राउन सुगर, नाइट्राजेपाम ८ ट्याब्लेट र ट्रामाडोल ३६७ ट्यावलेट लागू औषध सहित २९ जना ओसारपसार कर्ताहरुलाइ कानूनी दायरामा ल्याईएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही १५ केवल एउटा सहरको नाम होइन, यो हाम्रो पहिचान, हाम्रो सम्भावना र हाम्रो साझा भविष्य हो। हामीले कस्तो घोराही निर्माण गर्ने भन्ने कुरा सरकार वा स्थानीय तहको मात्रै जिम्मेवारी होइन। यसका लागि यहाँका प्रत्येक नागरिकको सोच, सहभागिता र सक्रियता आवश्यक हुन्छ। अझ विशेषगरी युवाहरूको सिर्जनशील ऊर्जा, नयाँ सोच, क्षमता र नेतृत्वलाई सही […]

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]