२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

अबदेखि नयाँ खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, माघ ०३, २०८१

 

काठमाडौं । अबदेखि नयाँ खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य’ गरिएपछि कतिपय ब्याङ्क तथा वित्तीय संस्थाहरूले त्यस्तो परिचयपत्र नभएका व्यक्तिलाई ‘स्वघोषणा फारम’ भराएर खाता खोलिदिन थालेको पाइएको छ। नेपाल राष्ट्र ब्याङ्कले मङ्गलवारदेखि खाता खोल्दा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर यकिन गरेर त्यसका आधारमा खाता खोल्न निर्देशन दिएको छ।

एकातर्फ केन्द्रीय ब्याङ्कको निर्देशन पालना गर्नुपर्ने र अर्कोतर्फ राष्ट्रिय परिचयपत्र नलिएका ग्राहकको खाता खोल्नुपर्ने अवस्थामा “वैकल्पिक व्यवस्था” गरिएको विभिन्न ब्याङ्कका अधिकारीहरूले बताए।

सबै नागरिकहरूले राष्ट्रिय परिचयपत्र नलिएको अवस्थामा गरिएको यो व्यवस्थाले वित्तीय सेवा प्रवाहमा “थप झन्झट थपेको” भन्दै कतिपयले यसको आलोचना गरेका छन्।राष्ट्र ब्याङ्क र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अधिकारी चाहिँ “विद्युतीय सुशासनतर्फको कदम” भन्दै निर्णयको बचाउ गर्छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]