२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

Logo
Abc Sanchar प्रकाशित आइतबार, माघ ०६, २०८१

ईप्रका रामपुर पाल्पाका प्रहरी निरीक्षक राम बहादुर नेपाली जिल्लाको सर्वोत्कृष्ट प्रहरी घोषित

पाल्पा । जिल्ला प्रहरी कार्यालय पाल्पाले आफू मातहत कार्यरत प्रहरी कर्मचारीको कार्य सम्पादनको आधारमा नेपालीलाई पुस महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो ।

प्रहरी निरीक्षक नेपालीले साङ्गठनिक नीति निर्देशन बमोजिम दिइएको जिम्मेवारी एवं पदीय दायित्व इमान्दारी, वफादारी लगनशील तथा कर्तव्यनिष्ठ भई उत्कृष्ट कार्य सम्पादन गरेको हुँदा ‘महिनाको उत्कृष्ट घोषणा गरिएको प्रहरी उपरीक्षक नरेन्द्र चन्दद्धारा हस्ताक्षरीत प्रमाण पत्रमा उल्लेख गरिएको छ । आज प्रहरी कार्यालयमा एक कार्यक्रमका विच प्रहरी निरीक्षक नेपालीलाई प्रहरी उपरीक्षक चन्दे उक्त प्रमाण पत्र प्रदान गरेका हुन ।

प्रहरी निरीक्षक नेपालीले पुष २५ गते राती पाल्पा रम्भा गापा १ भवरमा दाउरा लोड भएको ट्रक रोकी राखेको घटनामा संलग्न ४ जनालाई नियन्त्रणमा लिएको, मंसीर २८ गते दिउसो पाल्पा रामपुर नगरपालिका वडा नम्बर ७ र ५ बाट २ किलोग्राम गाजाँ सहित २ जना पक्राउ गरिएको, कार्तिक १४ गते रम्भा गाउँपालिका स्थित रम्भा रिसोर्टमा जुवा खेली रहेको अवस्थामा जुवाडे पक्राउ गर्नुभएको थियो ।

यस्तै, कार्तिक ११ गते जिल्ला रामपुर नगरपालिका ४ काँसघारी स्थित राम बहादुर थापाको घर कोठाबाट सुनको गरगहना तथा पार्किङ गरी राखेको भ्यान जिपबाट डेग, चोरी भएकोमा चोरीमा संलग्नलाई पक्राउ गरेको,समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत १० वटा कार्यक्रम सञ्चालन गर्नुक साथै गुण्डागर्दी,चोरी नियन्त्रण गरी शान्ति सुरक्षा कायम तथा फरार प्रतिवादी पक्राउ गरी फैसला कार्यान्वयनमा भूमिका खेल्नुभएको थियाृे ।

प्रहरी निरीक्षक नेपाली कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र नेपालगञ्जमा कार्यरत रहदा पनि तालिमको आन्तरीक तथा बाह्य प्रशिक्षण कार्यमा उत्कृष्ट कार्य गरेको भन्दै २०८० चैतमा उत्कृष्ट प्रहरी घाषित हुनुभएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]