०८ कार्तिक २०८३, शनिबार
24-10-2026 , Sat
×

उच्च अदालत तुल्सीपुरका कर्मचारीलाई भ्यानले ठक्कर दिदा दुई जना घाइते

Logo
प्रकाशित सोमबार, मंसिर २३, २०७६

महेन्द्र सिंह
दाङ मंसिर २२ दाङको तुल्सीपुरमा पिकअप भ्यानले मोटरसाईकलाई ठक्कर दिदा तुलसीपुरमा दुई जना युवा घाइते भएका छन् । घाइते हुनेहरुमा उच्च अदालत तुलसीपुरका एकान्टेन ३३ बर्षीय घनश्याम भुसाल र मुख्य न्यायधिसका चालक २८ बर्षीय राजेश चौधरी रहेका छन् । भुसाल तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ निवासी हुन भने चौधरी तुलसीपुर १८ का बासिन्दा हुन ।
प्रहरीले दिएको जानकारी अनुसार घाइते दुबै जनालाई राप्ती प्रादेशिक अस्पतालको प्रारम्भीक उपचारपछि थप उपचारको लागि बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा रिफर गरिएको छ । भुसाल र चौधरी दुबैलाई अनुहार तथा सरिरमा चोट पटक लागेको भएपनि अवस्था गम्भीर नरहेको पनि प्रहरीले बताएको छ ।
ईलाका प्रहरी कार्यालय तुल्सीपुरका अनुसार मोटरसाईकलमा सवार भुसाल र चौधरी दुबै जना मदिरा सेवन गरेको अवस्थामा फेला परेका थिए ।
शनिवार बेलुका साढे ८ बजेतिर राप्ती राजमार्ग अन्तरगत तुलसीपुरको माताकुटी नजिकै उक्त दुर्घटना भएको थियो । राम्रीवाट तुलसीपुर आउँदै गरेको चौधरीले चलाएको रा ४ प ५९२४ नम्वरको मोटरसाईकललाई तुलसीपुरवाट कपुरकोट तर्फ जाँदै गरेको भे १ ज १८८४ नम्वरको पिकअप भ्यानले ठक्कर दिएको थियो । पिकअप र मोटरसाईलक दुबैलाई ईलाका प्रहरी तुल्सीपुरले नियन्त्रणमा लिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगन्जको विभिन्न चोक, गल्ली र बाँकेका कोहलपुर, बैजनाथ, खजुरा, जानकी, डुडुवा, राप्तीसोनारी, नरैनापुरमा घटस्थापनाको दिन स्थापना गरिएका करिब *४०० भन्दा बढी दुर्गा भवानीका मूर्तिहरु* राप्ती नदीको *सिधनिया घाट / कम्दीघाट र मानखोलामा विसर्जन गरिएको हो। दिउँसोदेखि सुरु भएको विसर्जन बेलुका अबेरसम्म चलेको थियो। सुरक्षाका लागि बाँके प्रहरीले निकै कडा व्यवस्था गरेको थियो। जिल्ला […]

  एजेन्सी । बलिउड अभिनेता अमिताभ बच्चन र पन्जाबी गायक दिलजित दोसाँझलाई शुक्रबार ज्यान मार्ने धम्की आएको छ। यो धम्कीको इमेल मुम्बईका मेयर रितु तावडेलाई पठाइएको छ। जसमा अमिताभ बच्चनको बंगला ‘जलसा’मा बम विस्फोट गराउने चेतावनी दिइएको भारतीय अनलाइन दैनिक भास्करले जनाएको छ। इमेलमा अक्टोबर ३१ देखि नोभेम्बर २७ सम्म जुनसुकै बेला पनि बंगलालाई निसाना […]

  पाल्पा ।नेपालको ताजमहल भनेर चिनिने पाल्पाको ऐतिहासिक रानीमहल पछिल्लो समय चर्चामा छ। संग्रहालयमा परिणत:* तानसेन नगरपालिकाले रानीमहल दरबारलाई संग्रहालयको रूपमा विकसित गरेको छ। खड्ग शम्शेरले प्रयोग गरेका भाँडा, मूर्ति, शंख, शालिग्राम लगायत १६६ थान पुरातात्विक सामग्री फिर्ता ल्याएर राखिएको छ। नगरपालिकाले सरसफाइ, खानेपानी, विद्युत, CCTV लगायतको व्यवस्थापन गरेको छ। *२. पर्यटकका लागि रिसोर्ट:* रानीमहल […]