२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

गृहमन्त्री लेखकले प्रहरी संगठनको सरुवा बढुवामा मनोमानी सिनियर प्रहरी अधिकृत बढुवामा छुटे

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, माघ ०८, २०८१

काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रहरी संगठनको सरुवा र बढुवामा मनोमानी कार्यसम्पादन मूल्यांकन भन्दा पनि आफ्नो भेग क्षेत्र र पार्टीको नातोलाई हेरेर मनोमानी गरेका हुन् । नेपाल प्रहरीका २५ जना एसपी एसएसपीमा बढुवा सिफारिस हुँदा उनले व्यापक चलखेल गरेका छन् ।

बढुवा सिफारिसमा अब्बल प्रहरी अधिकृतहरुलाई पछि पार्ने र भेगिय क्षेत्रीयताको आधारमा बढुवा सिफारिस भएको आरोप लागेको छ । कांग्रेस निकट भनेर चिनिएका तर कार्यसम्पादन मूल्यांकनमा सधै पछि पारिएकाहरु अघि अघि आएका छन् । १५ नम्बरमा रहेका अजय केसीलाई कांग्रेस भएकै आधारमा २ नम्बर ल्याइएको छ ।

१७ नम्बरमा रहेका बीरबहादुर बूढालाई राजेश बज्रचार्यको सोर्स लगाएर ४ नम्बरमा र १६ नम्बरमा नवराज अधिकारीलाई गृहमन्त्रीले कांग्रेस नेताको छोरा भएकै कारण ५ नम्बरमा ल्याइएको छ । उनीहरु तीन जना सुदूरपश्चिम घर भएका र कांग्रेस निकट नेताहरुको सम्बन्ध भएका प्रहरी अधिकृत भएकै कारण अघि ल्याइएको आरोप लागेको छ । हाल वरियताको दुई नम्बरमा रहेका र अनुसन्धानमा अब्बल अधिकृत कृष्ण कोइरालालाई ६ नम्बरमा पारिएको छ । त्यसैगरी ३८ नम्बरमा रहेका सुर्खेती राजेन्द्र धमलालाई २० नम्बरमा बढुवा गरिएको छ । उनी पूर्णबहादुर खड्काको खास मानिस हुन् ।

यसैगरी प्रभु ढकाललाई पनि अघि ल्याइएको छ । सन्तोष खड्का, जनार्दन जीसी र रन्जु सिग्देललाई पनि बढुवामा पछि पारिएको छ । सिग्देल कुनै पनि विवादमा नआएकी महिला प्रहरी अधिकृत हुन् । दोस्रो नम्बरका प्रकाश रानाभाट र तेस्रो नम्बरका कमल थापा छुट्दा अजय केसीलाई कांग्रेसको कोटाबाट अगाडि ल्याइएको स्रोतको दावी छ । एसपीमा ११औँ स्थानमा रहेका अनुपम शमशेर जबरा तेस्रो स्थानमा सिफारिस भएका छन् । उनी पूर्व प्रहरी अधिकारीका छोरा हुन् । उनलाई भूषण राणाले बूढानिलकण्ठको सोर्स लगाएका थिए ।

खड्का र जीसी पनि आफ्नो व्याचमा नेपाल प्रहरीभित्र काविल र विवाद नआएका अधिकृत हुन् । तुलबहादुर कार्की, राकेश सिंह, राजीबबहादुर बस्नेतलाई छुटाइएको छ । कार्की आफ्नो व्याचमा एसपी हुँदा १ नम्बरमा बढुवा भएका थिए । २८ नम्बरमा रहेका दीपक पोखरेललाई छुटाएर धमलालाई अघि तानिएको छ । पोखरेललाई झापामा ड्रागन खेतीमा प्रहरी दुरुपयोग गरेको आरोप लगाइएको छ ।

त्यसैगरी ३७ नम्बरका दयानीधि ज्ञावालीलाई पनि कम्युनिष्ट पार्टीको चार्ज लगाएर छुटाइएको छ । बारामा बसेर सीमा क्षेत्रमा घुमुवा परिचालन गरी आर्थिक उपार्जन गरिरहेका महेन्द्र खड्कालाई पनि बढुवा सिफारिस गरिएको छ । तराई मधेशमा बसेका प्राय सबैले बढुवा हुने अवसर पाएका छन् । महोत्तरी बसेर अकुत सम्पत्ति आर्जन गरेको आरोप लागेका प्रकाश मल्ललाई १४ नम्बरमा झारिएको छ ।

उनी ३१ नम्बरमा थिए । कार्यसम्पादन मूलयांकनमा खड्का र मल्ल राम्रो नम्बर नभएपनि उनीहरुलाई गृहमन्त्रीका विचौलियाहरुले आर्थिक लाभ लिएर बढुवा सिफारिसमा पारेको स्रोतको दाबी छ । कार्यसम्पादन मूल्यांकनमा राम्रो रहेका २० नम्बरको सूचीमा रहेका कार्कीलाई गृहमन्त्रालयमा नआएको र कम्युनिष्ट आस्था राखेको भन्ने हल्ला चलाएर बढुवा रोकिएको छ ।

सन्तोष सिंह राठौर २१, सञ्जयसिंह थापा २२ र विमलराज कँडेल २३औँ नम्बरमा परे । कँडेल अगाडिको टोलीका हुन् भने थापा ६१ किलो सुन प्रकरणमा विभागीय कारबाही सिफारिस भए पनि प्रहरी महानिरीक्षकबाट उत्कृष्ट अनुसन्धान अधिकृतको पुरस्कार पाएका अधिकृत हुन् । एक नम्बरमा रमेश थापा बढुवा सिफारिसमा परेका छन् ।

उनी नेपाल प्रहरी प्रधान कार्यालय नक्सालको अन्वेषण योजना तथा विकास निर्देशनालय नक्सालमा कार्यरत छन् । त्यसपछि क्रमशः अजय केसी, अनुपम शम्शेर जबरा, बीरबहादुर बुढामगर, नवराज अधिकारी, कृष्णप्रसाद कोइराला, होबिन्द्र बोगटी, कृष्णप्रसाद पंगेनी, गोबिन्द अधिकारी, बिनोद सिलवाल र श्याम कुमार महतो एसएसपीमा बढुवा सिफारिस भएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]