२६ फाल्गुण २०८२, मंगलबार
10-03-2026 , Tue
×

घाइते बालिकाको दाहिने खुट्टा काटियो, सामान्य बन्दै कोहलपुरको जनजीवन

Logo
प्रकाशित सोमबार, मंसिर २३, २०७६

महेन्द्र सिंह
बाँके मंसिर २३ कोहलपुरमा आइतबार ट्रक दुर्घटनामा परेकी बालिका प्रकृति चन्दको ललितपुरस्थित बिएण्डबी अस्पतालमा उपचार भइरहेको छ ।
उनको दाहिने खुट्टा काटिएको छ भने देब्रे खुट्टामा गम्भीर चोट लागेको छ । बालिकालाई थप उपचारका लागि आइतबार नै नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं लगिएको थियो । अहिले बालिकाको अवस्था खतरामुक्त रहेको बताइएको छ ।
ट्रकले स्कुले बालिका प्रकृति चन्दलाई ठक्कर दिएपछि एकाएक तनावग्रस्त बनेको कोहलपुर बिस्तारै सामान्य अवस्थामा फर्किएको छ । आज विहानैदेखि कोहलपुर बजार खुलेको छ, स्थानीयहरु आफ्नो दैनिक गतिविधिमा फर्किएका छन । अहिले बजारमा चहलपहल बढेको छ भने आज बिहानैबाट लामो तथा छोटो दुरीका सवारी साधन सञ्चालनमा आएका छन् ।
कोहलपुरमा निषेधाज्ञा भने हटाइएको छैन, सुरक्षा ब्यवस्था निकै कडा पारिएको छ । त्रिभुवन माध्यमिक विद्यालय कोहलपुरमा कक्षा ७ मा अध्ययनरत बालिका प्रकृति चन्दलाई ना २ ख ९४५९ नम्बरको ट्रकले ठक्कर दिएपछि तनाव उत्पन्न भएको थियो ।
आफ्ना बुवासँग मोटरसाइकलमा विद्यालय आएकी प्रकृतिलाई पछाडीबाट आएको ट्रकले ठक्कर दिएको थियो । दुर्घटनालगत्तै आक्रोशित विद्यार्थीले ट्रकमा आगजनी गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

काठमाडौँ । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ। निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनले भने, ‘निर्वाचन अवधिभर उपत्यकामा शान्तिपूर्ण […]

  काठमाडौं । देशका विभिन्न क्षेत्रमा मङ्गलबारसम्म आकाश नखुल्ने अनुमान गरिएको छ । मौसमविद् रोजन लामिछानेले आज वाग्मती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताए ।हाल देशको वायुमण्डलमा उच्चचापीय र पूर्वी भाग नजिकमा तल्लो वायुमण्डलको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।“यस प्रणालीका कारण आगामी केही दिन देशका पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने […]

error: Content is protected !!