०८ कार्तिक २०८३, शनिबार
24-10-2026 , Sat
×

भ्रष्टाचार रोक्न सबैको सहयोग चाहिन्छ प्रमुख जिल्ला अधिकारी :रिजाल

Logo
प्रकाशित सोमबार, मंसिर २३, २०७६

महेन्द्र सिंह
दाङ २३ मंसिर घोराहीमा सोमबार भएको कार्यक्रममा भ्रष्टाचारलाई रोक्न सबैको साथ साथमा चाहिन्छ भन्ने कुरामा जोड दिएको कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् । भ्रष्टाचार बिरुद्धको दिवसका अबसरमा सोमबार घोराहीमा भएको कार्यक्रमका सहभागीहरुले लोभ र आचरणकै कारण आर्थिक र नैतिक भ्रष्टाचार बढेको बताएका हुन् ।
विभिन्न सस्थाहरुको आयोजनामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले भ्रष्टाचारलाई रोक्न व्यक्तिले नै आचारण र लोभलाई त्याग्नुपर्नेमा जोड दिएका हुन् । नितिगतरुपमा हुने भ्रष्टाचारलाई पहिलो रोक्नु पर्ने र त्यसपछि नितिगत सुधार भए आर्थिक भ्रष्टाचार पनि रोकिने बक्ताहरुको भनाई छ ।
कार्यक्रमको प्रमुख अथिती दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले भ्रष्टाचारलाई रोक्न ३२ वटा कानून बने पनि व्यवहारत त्यसको कार्यान्वयन र नैतिकतामा प्रश्न उठेको उल्लेख गरेका छन हुने भ्रष्टाचारलाई रोक्न सबैको सहयोग जरुरी रहेको र । व्यक्तिमा आउने लोभ, घमण्ड र नैतिकता कै कारण भ्रष्टाचार रोकिन नसकेको भन्दै उनले स्वाभिमानी बन्न आबस्यक रहेको बताएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुनसरी । लागुऔषध बरामद गर्ने क्रममा सुरक्षाकर्मीले मोटरसाइकलमा कालो प्लास्टिकको पोको राखेको भिडिओ सामाजिक सञ्जालमा प्रसारित भएपछि सशस्त्र प्रहरीले त्यसबारे स्पष्टीकरण दिएको छ। भुइँमा खसेको लागुऔषधको पोका टिपेर मोटरसाइकलमै राखिएको दृश्यलाई गलत अर्थ लगाइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताएका छन्। उनका अनुसार कात्तिक ४ गते दिउँसो करिब साढे २ बजे सशस्त्र प्रहरी […]

  दाङ । भालुवाङ इलाका प्रहरी कार्यालय भालुवाङ दाङले चेकजाँचका क्रममा बिलबिजक नभएका विभिन्न सामानहरू बरामद गरेको छ। प्रहरीका अनुसार पूर्व-पश्चिम राजमार्ग अन्तर्गत भालुवाङ क्षेत्रमा नियमित चेकजाँच गर्ने क्रममा शंकास्पद रूपमा ल्याइँदै गरेका सामानको बिलबिजक माग्दा पेस गर्न नसकेपछि बरामद गरिएको हो। बरामद सामान आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालयमा पठाइने प्रक्रिया अघि बढाइएको इलाका […]

  बाँके । राप्तीसोनारी गाउँपालिका १, सौरीस्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार बिहान कोहलपुरबाट काठमाडौँ आउँदै गरेको बा.प्र. ०१–०३२ च ३६१८ नम्बरको कार र दाङको घोराहीबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा.प्र.०१–०३० च ८४९६ नम्बरको कार आपसमा ठोक्किएका हुन्। दुर्घटनामा परी बा.प्र.०१–०३२ च ३६१८ नम्बरको कारमा सवार कैलालीको धनगढी उपमहानगरपालिका–५ का ७३ वर्षीय टेकबहादुर शाहीको मृत्यु भएको हो। गम्भीर […]